भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दलालको प्रलोभनमा पर्दा कन्तविजोग


  • आश्विन ७, २०८०
  • 293 Views
दलालको प्रलोभनमा पर्दा कन्तविजोग image

दोहा । सुर्खेत वीरेन्द्रनगरका टेकप्रसाद गौली साउदी अरबमा कम्पनी छाडेर भाग्दा समस्यामा परे । करिब दुई वर्षअघि रोजगारीका क्रममा साउदी पुगेका उनले कम्पनीमा भने जस्तो काम पाएनन् । त्यसपछि कमाउने प्रलोभनमा परी कम्पनी छाडेर हिँड्दा उनी समस्यामा परेका हुन् ।

– ६ लाख २२ हजार नेपाली रुपैयाँ जरिमानासहित अदालतमा केस दर्तापछि सुर्खेतका गौली तनावमा
– विभिन्न समयमा कम्पनी छाडेर भागेका ११ हजार १२६ नेपाली साउदीमा अवैधरूपमा कार्यरत
– कम्पनी छोडेर भागेका १७७ नेपालीलाई ४६ लाख ९० हजार रियाल जरिमाना

काठमाडौंमा रहेको न्यु अल्फा म्यानपावरमार्फत साउदीको सोएत अल खालिद कम्पनीमा लेबर भिसामा पुगेका गौलीलाई ड्राइभरमा काम लगाइयो । उनले करिब १५ महिना जति काम पनि गरे । त्यसपछि भनेअनुसार तलब नपाएपछि कम्पनी छाडेर हिडे । उनले पुरानो कम्पनी छाडेर अन्य विभिन्न कम्पनीमा ९ महिना जति काम गरे । त्यसपछि बनाए घर जाने योजना ।

एक्जिट भिसा लगाउन जाँदा पो थाहा भयो पुरानो कम्पनीले १७ हजार ५९६ साउदी रियाल अर्थात् ६ लाख २२ हजार नेपाली रुपैयाँ जरिमानासहित अदालतमा केस फाइल गरेको रहेछ । त्यसपछि उनी छाँगाबाट खसे झैं भए । उनले राजधानीसँग भने, ‘म साउदी आएको दुई वर्ष भयो, कम्पनी नराम्रो भएर भागें । अब घर जानुप¥यो, घरमा पनि साह्रै समस्या भयो भन्दा कम्पनीले फाइन हानेको रहेछ, साह्रै दुःख लाग्यो, मसँग एक रुपैयाँ छैन, अब त्यति धेरै पैसा कसरी जुटाउनु रु’

उनले भने, ‘मेरो भिसा नम्बर प्रयोग गरेर अर्कै कम्पनीलाई जरिमाना लगाउन लगाएको रहेछ । जरिमाना केको लगाएको भनेर कम्पनीलाई सम्पर्क गर्दा के कसरी नसोध, जरिमानामा तोकिएको पैसा तिर, अनि मात्र घर जान पाउँछौ भन्ने जवाफ दिइयो ।’

आफूले त्यति धेरै पैसा दिन नसक्ने, केही मिनाहा गरी दिए साउदीमा रहेका दाजुभाइलाई हारगुहार गरेर पनि तिर्ने भन्दा कम्पनीले एक पैसा पनि मिनाहा नगर्ने भनेको र पैसा नजुटाए नेपाल फर्किने अवस्था पनि नरहेको उनले बताए ।

अहिले आफू रियादस्थित नेपाली दूतावासको सेल्टरमा सुरक्षित रहेको र दूतावासलाई जरिमानाबापतको पैसा जुटाएर आवश्यक पर्ने कागजात बनाई नेपाल फर्काइदिन भनेको उनले बताए । घरको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको, घरमा श्रीमतीको पनि विभिन्न व्यक्तिसँग चन्दा संकलन गरेर जटिल रोगको अप्रेसन गरेकाले उताबाट पैसा जुटाउन नसक्ने उनको भनाइ छ ।

उनले बिहीबार नेपाली इन साउदी अरब नामक फेसबुक गु्रपमार्फत एक भिडियो सन्देश जारी गर्दै आफूलाई लागेको जरिमाना बराबरको पैसा सहयोग गर्न त्यहाँ कार्यरत विभिन्न संघसंस्था, नेपाली समुदायलाई अपिल गरेका छन् । साउदीमा उनी जस्तै रोजगारीमा कार्यरत नेपाली धेरै कमाउने प्रलोभनमा परेर कम्पनी छाडेर भाग्दा अलपत्र पर्ने गरेका छन् ।

दलालको प्रलोभनमा परेर धेरै कमाउन लोभमा परेका नेपाली कामदारले कानुनी उपचार पाउँदैनन् । साउदीमा पछिल्लो समय विभिन्न परिचय र टेलिफोन नम्बरबाट फोन गरी राम्रो जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गर्ने प्रवृत्ति मौलाएको नेपाली दूतावासले जनाएको छ ।

दूतावासले पनि पटकपटक सूचना जारी गर्दै साउदीमा कार्यरत नेपाली कामदारलाई आफू कार्यरत कम्पनी छाडेर नभाग्न सचेत गराउँदै आइरहेको छ । दलाल र एजेन्टको लहैलहैमा लागेर धेरै कमाउने प्रलोभनमा परेर आफू कार्यरत कम्पनी छाडेर भाग्दा नेपाली अवैधानिक हुने र कम्पनीले जरिमाना लगाइदिँदा घर फर्कन समस्या हुने गरेको दूतावासको भनाइ छ ।

साउदीमा विभिन्न समयमा कम्पनी छाडेर भागेका ११ हजार १२६ नेपाली अवैधरूपमा त्यहाँ कार्यरत रहेको दूतावासको तथ्यांक छ ।

दूतावासको सम्पर्कमा आएका कम्पनी छोडेर भागेका १७७ नेपालीलाई ४६ लाख ९० हजार रियाल जरिमाना तोकिएको दूतावासले जनाएको छ ।

साउदीमा एउटा कम्पनीबाट भागेर अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारलाई जेल र आर्थिक जरिमाना दुवै हुने साउदीको श्रम कानुनमा उल्लेख छ । अहिले साउदीमा अवैध कामदारलाई त्यहाँको सरकारले धरपकड तीव्र पारेको छ एक साताको अवधिमा मात्र रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ८१२ जना पक्राउ परेका छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.