DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दशककै बढी क्षति, पहिराे जानुमा मानवीय कारण मुख्य


  • भाद्र ९, २०७७
  • 782 Views
दशककै बढी क्षति, पहिराे जानुमा मानवीय कारण मुख्य image

काठमाडौं । यसपटक पहिरोले २०६८ यताकै बढी मानवीय क्षति गरेको छ। पहिरोले २ सय ५४ जनाको ज्यान लिएको छ भने ८१ जना बेपत्ता छन् । १ सय ५२ जना घाइते भएका छन् । मनसुन सुरु भएपछि २ महिना ७ दिनको तथ्याङ्क हो यो । मनसुन अझै भदौसम्म जारी रहने देखिएको छ ।

सिन्धुपाल्चोक, बझाङ, म्याग्दी, कास्की, जाजरकोट, अछाम, कास्की, तनहुँ, संखुवासभा, डोटी, हुम्ला, दैलेखलगायत ५१ जिल्लामा बढी जनधनको क्षतिको भएको छ। हजारौं जना विस्थापित भए पनि यकिन तथ्यांक छैन । अर्बौं रकमको अन्नबाली क्षति पुगेको छ। गत वर्ष जम्मा ८३ जनाको मात्रै मृत्यु भएको र ११ जना बेपत्ता भएका थिए । केन्द्रको तथ्यांकले २०६८ मा १ सय ४, २०६९ मा ४३, २०७० मा ६५, २०७१ मा ९४, २०७२ मा ९२, २०७३ मा १ सय ३६, २०७४ मा ५९, २०७५ मा ७७ जनाको ज्यान गएको देखाउँछ।

यस्तै, बेपत्ता र घाइतेको संख्या क्रमशः २०६८ मा २४, ७९, २०६९ मा ८, ३०, २०७० मा १८, ४४, २०७१ मा १ सय २९,९३, २०७२ मा १३, ७३, २०७३ मा ८, १ सय १५, २०७४ मा १५, ४४ र २०७५ मा १, १ सय ८ छ । यो वर्ष पहिरोका मात्रै १ सय ४ घटना भएका छन् । असारमा भएका २९ घटनामा १ सय ८ जनाको मृत्यु भयो । ४७ जना बेपत्ता भए । ४६ जना घाइते भए । साउनमा ६४ घटना हुँदा १ सय ३२ जनाको मृत्यु भयो । १७ जना बेपत्ता भए । ८७ घाइते भए ।

भदौ पहिलो सातासम्म ११ वटा पहिरो गइसकेका छन् । यी घटनामा १४ जनाको मृत्यु भएको छ भने १७ बेपत्ता छन् । १९ जना घाइते भएका छन्। घाइतेमध्ये ८० प्रतिशत निको भएर घर फर्किसकेका छन् । म्याग्दीका १ हजार ५ सय, सिन्धुपाल्चोकका २ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । हुम्लामा ६ सय २ घर पहिरोमा परेका छन् । दर्जनौं पुल, बाटो भत्किए। सडक अवरुद्ध भए । पशुचौैपाया मरेका छन् । पहिरोले घर पुरिँदा जेठ ३१ गते पर्वतको कुस्मा–२ दुर्लुङमा ९ जनाको मृत्यु भएको थियो । एक घाइते भएका थिए ।

यो नै यो वर्षको पहिलो ठूलो घटना थियो । त्यसपछि मनसुन निरन्तर छ । सिन्धुपाल्चोकमा मात्रै ५२ जनाको मृत्यु भएको छ भने २९ जना बेपत्ता छन् । ११ जना घाइते भए । मानवीयबाहेक अन्य क्षतिको विस्तृत विवरण आउन बाकी छ । विकास पूर्वाधारका नाममा डोजर, स्काभेटरको जथाभावी प्रयोगले ठूलो क्षति भएको आकलन गरिएको छ ।

भूकम्पले माटो खुकुलो भएका कारण पहिरो धेरै गएको पाइएको छ । सिन्धुपाल्चोक, पर्वत, म्यादी, तनहुँ, कस्कीलगायत जिल्लामा पहिरो आउनुको प्रमुख कारण भूकम्प दखिएको छ । ३० वर्षको इतिहासमा सिन्धुपाल्चोक र पर्वतमा अत्यधिक वर्षा भएको तथ्यांक छ । यो वर्षको पहिरोमा प्राकृतिकभन्दा मानवीय कारण जिम्मेवार देखिएको छ । अन्नपूर्णपोष्टबाट

 


Thali Mobile Pvt.Ltd.