भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

दुबै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिर


  • जेष्ठ ७, २०८०
  • 245 Views
दुबै खुट्टा गुमाएका बुढामगरले चुमे सगरमाथाको शिर image

सोलुखुम्बु । घुँडामाथिसम्म दुबै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले विश्वको सर्वोच्च शिखर चुमेका छन्। शुक्रबार दिउँसो बुढा मगरले सगरमाथा आरोहण गरेको जनसम्पर्क समितिले जनाएको छ।

यससँगै घुँडामाथिसम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमानसमेत बनाएका छन्। मगरले कृत्रिम खुट्टाको सहयोगमा सगरमाथा आरोहण गरेका हुन्। दुबै खुट्टा नभएका हालसम्म दुई जनाले सगरमाथा चढिसकेका छन्।

उनीहरू घुँडामुनि खुट्टा नभएका आरोही हुन् भने घुँडामाथिसम्म खुट्टा गुमाएर पनि सगरमाथा आरोहण गर्न सफल बुढामगर पहिलो व्यक्ति हुन्। आरोहणको जनसम्पर्क अधिकृत हिम विष्टका अनुसार मगरको टोलीले शुक्रबार दिउँसो ३ बजे सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेका हुन्।

संसारको शिखरमा चढ्न आफूले सक्दा अपाङ्गता भएका जो कोहीले आफ्नो सपना पूरा गर्न सक्ने आरोही मगरले बताए। सन् १९९९ मा ब्रिटिश गोर्खा सेनामा भर्ती भएका मगर रोल्पाको मिरूल गाउँमा १९७९ मा जन्मेका हुन्।

ब्रिटिस सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा तालिबानको एम्बुसमा परेर आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए। उनले दुबै खुट्टा गुमाएपछि दुई वर्ष उपचारमा र चार वर्ष पुनर्स्थापना केन्द्रमा बिताएका थिए। यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.