भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

देशैभर विमानस्थल विस्तार र स्तरोन्नति


  • मंसिर १७, २०७७
  • 753 Views
देशैभर विमानस्थल विस्तार र स्तरोन्नति image

नेपालगञ्ज, । सरकारले देशैभरका विमानस्थलको विस्तार तथा स्तरोन्नति गर्ने कार्यलाई विशेष प्राथमिकता दिएको छ । पर्यटन क्षेत्रको विकाससँग गाँसिएको विमानस्थललाई विशेष प्राथमिकतामा राखेर सरकारले यसको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिएको हो ।

यस क्रममा अहिले देशैभरका विमानस्थलमा विकासनिर्माण कार्यले तीव्रता लिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशैभर विमानस्थलको विस्तार तथा स्तरोन्नति कार्यलाई सरकारले विशेष प्राथमिकता दिएको बताउनुभयो । पर्यटनको विकासका लागि हवाई ‘कनेक्टिभिटी’ महìवपूर्ण हुने हुँदा सरकारले विमानस्थलहरूको निर्माण, विस्तार र स्तरोन्नतिलाई तीव्रता दिएको उहाँले स्पष्ट गर्नुभयो । नेपालगञ्ज विमानस्थलमा निर्माण गरिएको जहाज पार्किङस्थलको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री भट्टराईले राजधानी बाहिरका सबैभन्दा बढी उडान हुने विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया पनि अघि बढाइसकिएको बताउनुभयो । नेपालगञ्ज विमानस्थलमा आठवटा एटीआर र चारवटा ट्विनअटर विमान सहज रूपमा पार्किङ गर्ने गरी जहाज पार्किङस्थल निर्माण गरिएको उहाँले प्रस्ट पार्नुभयो ।

यो पार्किङस्थल एयर बस ३२० समेत पार्किङ गर्न मिल्ने गरी निर्माण गरिएको जनाउँदै उहाँले यसैबाट सरकारले यस विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको प्रमाणित गरेको बताउनुभयो । सरकारले नेपालगञ्ज र विराटनगर विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न गुरुयोजना बनाएर अगाडि बढेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले यी दुवै विमानस्थलका गुरुयोजनालाई पारित गरिसकेको छ । अन्तरदेशीय उडानलाई बढाउन तथा देशका सबै ठूला सहरलाई हवाई यातायातसँग जोड्न सरकारले विमानस्थल निर्माण र विस्तार गर्ने कार्यमा विशेष ध्यान दिएको छ, उहाँले भन्नुभयो, “अब यो कार्यमा प्रदेश र स्थानीय सरकारको पनि लगानी र हातेमालो आवश्यक देखिएको छ ।”

नेपालगञ्ज विमानस्थलले पश्चिम नेपालका अधिकांश पहाडी र हिमाली जिल्लालाई हवाई यातायातमार्फत जोडेकाले पनि यो विमानस्थलको विस्तार र स्तरोन्नति महìवपूर्ण रहेको उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारले नेपालको नयाँ हवाई नीति निर्माण गरिरहेकाले त्यसपछि देशको हवाई यातायातमा नयाँ आयाम थपिने बताउनुभयो । २०७५ साल कात्तिक १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले शिलान्यास गर्नुभएको सो जहाज पार्किङस्थललाई २८ करोड ५३ लाख रुपियाँको लागतमा निर्धारित समयमै निर्माण गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ । गोरखापत्र देनिकबाट……

याे पनि पढ्नुहाेस्

https://kailashkhabar.com/2020/12784/

 


Thali Mobile Pvt.Ltd.