भर्खरै : Sorry, your browser does not support inline SVG.
अन्नपूर्ण आरोहणको ७६ वर्ष पूरा | “बोल्यो कि पोल्यो?” : नेताहरूको अभिव्यक्तिले भू–राजनीति बदल्ने उदाहरणसँग बालेन शाहको भनाइ जोडेर कूटनीतिक बहस | महोत्तरीमा बालक अपहरण प्रयास : फरार अभियुक्त रौतहटबाट पक्राउ | तातो हावा लहर (हिट वेभ) को जोखिम बढ्दै : पूर्वतयारी र समन्वयमा जोड | ब्लु ओरिजिनको प्रक्षेपणस्थल विस्फोट : नासाको चन्द्र अभियान समय तालिकामा असर पर्ने चिन्ता | दैलेखमा पारिवारिक विवादले उग्र रूप लियो : बुबाको कुटपिटबाट छोराको मृत्यु | रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच भेटवार्ता, नेपाल–भारत सम्बन्धबारे छलफल | महोत्तरीमा लुटेराको गोली लागेर श्रीमान्-श्रीमती घाइते, उपचारका लागि जनकपुर पठाइयो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धनगढीको नोभा हस्पिटलमा बिरामी मृत्यु प्रकरणः अस्पताल तोडफोड, दुई जना घाइते


  • श्रावण १३, २०८१
  • 370 Views
धनगढीको नोभा हस्पिटलमा बिरामी मृत्यु प्रकरणः अस्पताल तोडफोड, दुई जना घाइते image

धनगढी । कैलालीको धनगढीस्थित नोभा हस्पिटल परिसर क्षेत्रमा तनाव सिर्जना भएको छ । सो हस्पिटलमा एक जना किशोरको मृत्यु भएपछि तनाव सिर्जना भएको हो । जन्डिस भएको भनेर साउन ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरी नगरपालिका २ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

सोही विषयलाई लिएर अहिले हस्पिटलमा तनाव भएको छ । मृतकका आफन्तले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताउँदै आएका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आएका चौधरीको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा शनिबार तोडफोड गर्न खोजेका हुन् । बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाए । उनका अनुसार परिवारले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका थिए । तर, अस्पतालले न त उचित उपचार गरिदियो, न त रिफर नै । यस्तै अहिले मृतको शव अस्पतालमै छ । उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको बताएको छ ।

यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति सिर्जना भएपछि प्रहरी खटिएको छ । आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् । तर स्थिती सामान्य बन्ने अवस्था नदेखिएपछि प्रहरीले तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । चौधरीको मृत्युु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका छन् । तोडफोडबाट अस्पतालका सिसा फुटेका छन् । तोडफोडका क्रममा प्रहरी प्रदर्शनकारीबिच झडप समेत भएको छ । झडपका क्रममा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ का अभिक बुढा र लक्ष्मण बुढा घाइते छन् । उनीहरुको सारथी अस्पतामा उपचार भइरहेको छ ।

मृतकका आफन्त आक्रोशित भएर अस्पतालमा तोडफोड गर्न उत्रिएपछि स्थितिलाई नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । अस्पताल बाहिर जम्मा भएका मृतका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुपरेको जिल्ला प्रहरीको भाई जनाएको छ ।

पाँच दिन अस्पतालमा राखेर बिरामी अन्तिम अवस्थामा पुगेपछि मात्रै नेपालगन्ज या भारतको बरेली लैजान भनिएको मृतकका आफन्तले बताएका छन् । शुक्रवार दिउँसो साढे ३ बजे नेपालगन्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो । आफन्तले भने अस्पतालको लापरबाहीले मृत्युु भएको भन्दै शव बुझ्न मानेका छैनन् । उनीहरूले उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र क्षतिपूर्तिको माग गरेका छन् । नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.