भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य


  • पुष २८, २०७७
  • 743 Views
धितोपत्र व्यवसायीलाई सीएसआर अनिवार्य image

काठमाडौँ — धितोपत्र व्यवसायीले वार्षिक खुद नाफाको न्यूनतम १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा खर्च गर्नुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सोमबार उक्त निर्देशन दिएको हो । उक्त रकम लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने काममा उपयोग गर्न पनि बोर्डले भनेको छ । यो व्यवस्थापछि बैंक तथा वित्तीय संस्थाले जस्तै धितोपत्र व्यवसायीले पनि खुद रकमको १ प्रतिशत सीएसआरमा छुट्याउनुपर्नेछ । मर्चेन्ट बैंकरका सन्दर्भमा संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था यसअघि नै कार्यान्वयनमा आइसकेको छ ।

‘खुद नाफाको न्यूनतम १ प्रतिशत रकम सीएसआर कोषमा छुट्टयाउने र प्रमुख रूपमा उक्त कोषमार्फत लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने कामका लागि खर्च गर्नुपर्नेछ,’ बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो रकमबाट बजारसम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम सञ्चालन हुने भएकाले लगानीकर्तालाई सुसूचित निर्णय लिन सहयोग पुग्छ ।’ जसबाट लगानीकर्ताको हित हुनुका साथै बजार विकास विस्तारमा समेत सहयोग पुग्ने बोर्डको दाबी छ । कान्तिपुर दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.