DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने विश्व स्वास्थ्य संगठनकाे दाबी


  • मंसिर ८, २०७७
  • 652 Views
धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने विश्व स्वास्थ्य संगठनकाे दाबी image

काठमाडौं । कोरोना परीक्षण गराउनेमध्ये धेरै प्रतिशतमा संक्रमण देखिनुले अझै धेरै संक्रमित छुटेको हुन सक्ने दाबी विश्व स्वास्थ्य संगठनका अधिकारीहरूको छ । नेपालमा कुल परीक्षण गराएकामध्ये २० प्रतिशत हाराहारीमा संक्रमण भेटिएको छ । मुलुकभरि आइतबार ८ हजार ३२ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ सय ६९ संक्रमित भेटिए । पोजिटिभिटी दरका हिसाबले यो २०।७ प्रतिशत हो । ‘उच्च पोजिटिभिटी दरले हामीले धेरै संक्रमितलाई परीक्षणमा छुटाइरहेको भन्ने देखाउँछ,’ नयाँ दिल्लीस्थित विश्व स्वास्थ संगठन ९डब्लुएचओ० को पूर्वी तथा दक्षिण एसिया क्षेत्रीय कार्यालयका इम्युनाइजेसन तथा खोप विकास हेर्ने प्राविधिक अधिकृत डा। सुधीर खनालले भने ।

तर नीतिगत परिवर्तनका लागि यो दर मात्र पर्याप्त नहुने उनको भनाइ छ । ‘त्यसका लागि कुल परीक्षण संख्या, कति छिटो परीक्षण गरिएको छ भन्ने कुरा, समग्र परीक्षण रणनीति, कन्ट्याक्ट ट्रेसिङ र समग्र स्वास्थ्य सेवा क्षेत्रको क्षमताजस्ता विषय महŒवपूर्ण हुन्छन्,’ कोभिड–१९ महामारीसँग जुध्न गठित ‘साइन्टिस्ट नेपाल’ नामक इलेक्ट्रोनिक प्लेटफर्मले आयोजना गरेको ‘कोभिड–१९ खोपको विकासका चुनौती तथा अवसर’ विषयक अन्तक्र्रियामा डा। खनालले भने ।  विश्वव्यापी रूपमा कोरोना भाइरस खोपको व्यग्र प्रतीक्षा भइरहेको उनले बताए । ‘तर खोपले भाइरसको निगरानी, सामाजिक दूरी कायम गर्नुपर्ने आवश्यकता, सम्पर्कमा आएकाको खोजी, आनीबानीमा परिवर्तन, मास्कको प्रयोग तथा हातको पर्याप्त सेनिटाइजेसनलगायत गैरऔषधिको आवश्यकतालाई प्रतिस्थापन गर्दैन,’ उनले भने ।

डब्लुएचओको महामारी निगरानीको मानक अर्थात् ‘स्टान्डर्ड कम्प्रिहेन्सिभ सर्भिलेन्स’ अनुसार प्रतिसाता एक हजार जनसंख्यामा एक संक्रमितको परीक्षण हुनुपर्ने उनले बताए । सार्वजनिक जीवन, स्वास्थ्य तथा सामाजिक व्यवस्थामा गरिएको निगरानी लकडाउन खुकुलो पार्दा कम्तीमा पछिल्ला दुई साता कुल परीक्षण गरिएको जनसंख्याको ५ प्रतिशतमा मात्र पोजिटिभ भेटिएको हुनुपर्ने डब्लुुएचओको सिफारिस रहेको उनले जानकारी दिए । कोरोना भाइरसका कारण आइतबारसम्म नेपालमा १३ सय २१ जनाको मृत्यु भइसकेको छ भने १९ हजार ९ सय ६३ जना सक्रिय संक्रमित छन् । पछिल्ला दिनमा मृत्युदर बढ्दो क्रममा छ । ‘जहाँ पोजिटिभिटी दर ५ प्रतिशतभन्दा बढी छ, त्यस्ता स्थानमा माइक्रो प्लानिङ गरेर महामारी नियन्त्रण गर्नु आवश्यक छ,’ खनालले भने ।

विश्व स्वास्थ्य संगठनको सहसंयोजनमा महामारीमा खोपको वितरण योजनालाई न्यायपूर्ण बनाउन खोपसम्बन्धी स्थापना गरिएको विश्वव्यापी सञ्जाल ९गाभी० अन्तर्गत नेपालसहित निम्न तथा निम्नमध्यम आय भएका राष्ट्रलाई खोप उपलब्ध गराउने तयारी छ । यो सञ्जालमा सहभागी ९२ देशलाई सहयोग गर्ने प्रतिबद्धता ७६ धनी राष्ट्रले गरेका छन् । विश्व स्वास्थ्य संगठन, सेपी र गाभीले स्थापना गरेको कोभ्याक्स सुविधाअन्तर्गत कुनै पनि राष्ट्रको सुरुमा ३ प्रतिशत र पछि १७ प्रतिशत जनसंख्यालाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने तयारी छ । खोप विकास हुनेबित्तिकै कोभ्याक्समा सहभागी सबै देशको समान पहुँच हुने अपेक्षा गरिएको छ । कुनै देशले पर्याप्त मात्रामा पाउने र कुनै देशले नपाउने स्थिति नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

कोभ्याक्सले २०२१ को अन्तिमसम्म कोरोनाविरुद्धको खोप २ अर्ब डोज खरिद गरी आपूर्ति गर्ने उद्देश्य लिएको छ । कोभ्याक्स सुविधाअन्तर्गत हालसम्म तीनवटा खोप निर्मातासँग सम्झौता भइसकेको छ भने अन्यसँग छिट्टै हुने तयारी रहेको छ । कोभ्याक्स सुविधाअन्तर्गत सम्झौता भइसकेकोमा अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाद्वारा निर्मित, सानोफी तथा जिएसकेद्वारा निर्मित र सेरम इन्स्टिच्युट अफ इन्डियाद्वारा विकास भइरहेका खोप छन् । नागरिक दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.