भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नटबोल्ट चोरी भएपछि हेटौंडा(ढल्केबर(इनरुवा प्रसारण लाइनको टावर ढल्यो


  • श्रावण ५, २०८०
  • 316 Views
नटबोल्ट चोरी भएपछि हेटौंडा(ढल्केबर(इनरुवा प्रसारण लाइनको टावर ढल्यो image

रौतहट । नटबोल्ट चोरी भएपछि रौतहटको चन्द्रपुर–४ स्थित हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी प्रसारण लाइनको टावर ढलेको छ । टावरको तल्लो भागको एंगलको नटबोल्ट खोलेपछि चन्द्रपुर–लमाहा खण्डको तीन वटा टावर ढल्ने अवस्थामा पुगेको थियो । त्यसमध्येको एउटा टावर ढलेको हो । आयोजनाले ढलेको पोलको फलाम लगेको छ ।

हेटौंडा–ढल्केबर–इनरुवासम्म ७ सय ९२ वटा टावर निर्माण हुँदै गरेको अवस्थामा नचिनेको मानिसहरूको समूहले रौतहट खण्डमा पर्ने तीन वटा टावरको जगबाटै नटबोल्ट खोलेपछि एउटा ढलेको आयोजनाका निर्देशक श्यामकुमार यादवले बताए । ‘अज्ञात समूहले निर्माण सम्पन्न भएका टावरमध्ये तीन वटाको जगैबाट नट खोलेर लगेको छ,’ उनले भने,‘नटबोल्ट चोरिएपछि एउटा पोल ढलेको छ । दुईवटा बांगो भएको छ । बांगिएको टावरको चाँडै मर्मतको काम थाल्छौ ।’

निर्देशक यादवका अनुसार नटबोल्ट खोल्ने समूहको पहिचानका लागि आयोजनाको तर्फबाट प्रहरीलाई उजुरी गरिसकेको छ । ढलेको र बांगो भएको टावरलाई तत्कालै मर्मत गर्ने आयोजनाले जनायो । २०७० सालमा सम्झौता भएको राष्ट्रिय गौरवको आयोजनाको भारतीय ऐन्जेलिक इन्टरनेसनल लिमिटेड कम्पनीले ठेक्का पाएको हो । आयोजनाको लागत १६ अर्बको छ । ३० महिनाभित्र काम सम्पन्न पर्नेमा जनतासँगको विवाद, जग्गा अधिग्रहण, वनको अवरोधले बेलाबेलामा काम रोकिने गरेपछि दस वर्षमा सम्पन्न हुन नसकेको आयोजनाले जनायो । २०८१ सालभित्रमा ठेकेदारले सबै काम सक्नुपर्ने आयोजनाले जनायो ।

सबैभन्दा बढी चुनौती रुख कटानको आदेशमै भएको निर्देशक यादवले सुनाए । टावर निर्माणको काम सम्पन्न हुन नपाउँदै अहिले तलबाट नटबोल्ट खोलिएपछि टावर ढल्ने अवस्थामा पुगेको हो । यही लाइन वीरगन्ज पथलैया हुँदै खिम्तीसम्म पुग्ने आयोजनाले जनायो । रणनीतिक महत्त्वको प्रसारण लाइनको निर्माण नहुँदा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् धनुषास्थित ढल्केबर सबस्टेसनबाट लाइन क्षमता अभावमा पश्चिमतर्फ पठाउन नसकेको आयोजनाले जनाएको छ ।

देशभित्रको विद्युत् प्रसारण प्रणाली सुधार तथा नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणका क्रममा टावरको नटबोल्ट चोरी भएको हो । मकवानपुरको हेटौडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सबस्टेसनबाट सुरु भई सुनसरीको भोक्राहा नरसिंह गाउपालिका–४ मा जोडिने आयोजनाले जनाएको छ । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.