भर्खरै : Sorry, your browser does not support inline SVG.
दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब | स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित वीरगन्जबाट चार जना पक्राउ | पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ | बाढी–पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध, वीपी र कान्ति लोकपथमा राति सवारी रोक | म्याग्दीमा पहिरोले घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पुरियो, एक सुरक्षा गार्ड बेपत्ता | बढ्यो अण्डाको भाउ, एक्सएल अण्डा प्रतिक्रेट ५६० रुपैयाँ | कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु | गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नवौं प्रधानन्यायाधीश सिंहको निधन


  • फाल्गुन २०, २०७७
  • 543 Views
नवौं प्रधानन्यायाधीश सिंहको निधन image

काठमाण्डाैं । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको छ। सर्वोच्चका नवौं प्रधानन्यायाधीशको ८९ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो। उनको निधनपछि बुधवार सर्वोच्च अदालतमा आकस्मिक वैठक बसेको थियो। वैठकले बिहिबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको छ।

सर्लाहीमा जन्मेका सिंह सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यता स्थापित गर्न योगदान पुर्‍याएको सर्वोच्च अदालतले जनाएको छ। उनी १९८८ साल फागुन ३ मा जन्मेका थिए। संविधान र कानुनमा दख्खल राख्ने निर्भीक, सरल, विवेकशील, मृदुभाषी, न्यायिक व्यक्तित्व स्वर्गी सिंह आदर्श व्यक्ति रहेको सर्वोच्चले विज्ञप्तिमार्फत बताएको छ।

उनले २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए। २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म काम गरेका थिए। सिंहको निधनमा शोक मनाउन फागुन २० मा देशभरका अदालतमा शोक बिदाको रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.