भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग स् आपतकालीनतर्फ आज छिचोलिँदै


  • श्रावण २२, २०८०
  • 268 Views
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग स् आपतकालीनतर्फ आज छिचोलिँदै image

काठमाडौँ । निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग सोमबार छिचोलिने भएको छ। अन्तिम विस्फोट गराएर सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिँदै छ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रवक्ता रमेश कोइरालाले आयोजनाको आपत्कालीन सुरुङ मार्गको ‘ब्रेक थ्रु’ गरिने जानकारी दिनुभयो। “भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङ मार्ग छिचोल्ने कार्यक्रम तय भएको छ,” उहाँले भन्नुभयो, “दुई हजार ५५७ मिटरमध्ये दुई हजार ५५६ मिटर खन्ने काम पूरा भइसकेको छ। छिचोल्नका लागि अब एक मिटर खने पुग्छ।”

सुरुङ मार्गमा धादिङ ९पश्चिम० तर्फबाट प्रवेश गरी काठमाडौँ ९पूर्वतर्फ० निस्किने कार्यक्रम छ। मुख्य र सहायक सुरुङ जोड्न निर्माणाधीन सात वटा ‘क्रस प्यासेज’ को कुल लम्बाइ १२८ मिटरमध्ये अब १२ मिटर मात्र खन्न बाँकी छ।

मुख्य सुरुङ असोजमा छिचोलिने

आयोजनाका प्रवक्ता कोइरालाले मुख्य सुरुङ मार्ग आगामी असोजमा छिचोलिने जानकारी दिनुभयो। उहाँका अनुसार मुख्य सुरुङ खन्न अब पाँच सय मिटर बाँकी छ। उहाँले भन्नुभयो, “मुख्य सुरुङ मार्गको दुई हजार ६८८ मिटरमध्ये दुई हजार १८८ मिटर खन्ने काम सम्पन्न भइसकेको छ। अहिले धादिङ र काठमाडौँ दुवैतिरबाट तीव्र गतिमा सुरुङ खन्ने काम भइरहेको छ।”

आयोजनाको सुरुङ खन्ने काम ९१ प्रतिशत सम्पन्न भइसकेको छ भने आयोजनाको समग्र भौतिक प्रगति ८० प्रतिशत छ। त्यसै गरी आर्थिक प्रगति ६३ प्रतिशत पुगेको छ। अहिलेसम्म आयोजनाका लागि जग्गा खरिदमा करिब सात अर्ब र भौतिक संरचना निर्माणमा आठ अर्ब रुपियाँ खर्च भइसकेको छ।

खनिएको सुरुङको ‘फिनिसिङ’ ९कङ्क्रिट लाइनिङ० को काम भइरहेको बताउँदै उहाँले अहिलेसम्म सो कार्य करिब ४३ प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार आयोजना अन्तर्गत निर्माण गर्नुपर्ने कुल १२ संरचनामध्ये अहिलेसम्म तीन वटा अन्डर पास, चार वटा कल्भर्ट, तीन वटा पुल र एउटा ओभर पास निर्माण सम्पन्न भइसकेको छ। अब फ्लाई ओभरको निर्माण मात्र बाँकी छ। फ्लाई ओभरको निर्माण पनि ५५ प्रतिशत सम्पन्न भइसकेको छ।

चौडाइ ९क्यारिज वे० साढे नौ मिटरको हुने यस सुरुङ मार्गको बिचमा डेढ मिटर चौडाइको विभाजक ९मेडियन० र आधा आधा मिटरको दुई वटा पेटी निर्माण गरिने छ। सुरुङ मार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ।

मुख्य सुरुङमा मोटर साइकल, पेट्रोलियम पदार्थ तथा विस्फोटक पदार्थ बोकेका र गह्रौँ तौल हुने सवारीसाधनलाई प्रवेश नदिइने स्पष्ट पार्दै उहाँले मुख्य सुरुङमा सवारीसाधन बिग्रेमा वा कुनै समस्या आएमा आपत्कालीन उद्धारका लागि खटिनुपर्ने सवारीसाधनलाई मात्रै सहायक सुरुङमा प्रवेश दिइने जानकारी दिनुभयो।

आयोजनाको कुल लागत २० अर्ब ६० करोड रुपियाँ रहेकामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० का तर्फबाट १५ अर्ब ८० करोड र नेपाल सरकारका तर्फबाट चार अर्ब ८० करोड रुपियाँ खर्च गरिने छ। सुरुङ मार्ग निर्माणका लागि जाइकाले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो। जाइकासँग ०।१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो। गोरखापत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.