भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग, निर्माणले गति लिँदै


  • पुष ४, २०७७
  • 737 Views
नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग, निर्माणले गति लिँदै image

धादिङ। नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण कार्यले गति लिन थालेको छ । यही पुस १० देखि सुरुङ मार्ग खन्ने गरी तयारी भइरहेको सुरुङ मार्ग आयोजनाले जनाएको छ । आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार सुरुङ मार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिने छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन नसकेको आयोजनाले जनाएको छ ।

सुरुङ मार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकाले अब छिट्टै सुरुङ खन्न सुरु गरिने आयोजनाले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन् । आयोजनाका बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उपमहानिर्देशक अर्जुनजङ्ग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले यसै साता आयोजना स्थल पुगेर निरीक्षण गर्नुभएको थियो ।

काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाइ २।५ किलोमिटर, चौडाइ ९।५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमी कम हुनेछ । सुरुङ मार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिने छ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.