भर्खरै : Sorry, your browser does not support inline SVG.
गौरमा खाजा घरभित्रै गाँजाको कारोबार, ७ सय ग्राम गाँजासहित सञ्चालक पक्राउ | सीटीईभीटीका २,२०० करार कर्मचारी आन्दोलनमा, केन्द्रीय कार्यालय घेराउ | माग पूरा नभएसम्म हर्मुज जलडमरू नखोल्ने इरानको चेतावनी | ४० जिल्लामा बाढीको जोखिम, तीन दिनसम्म नदीको बहाव बढ्ने पूर्वानुमान | ग्यास अभाव चर्किएपछि सरकार एक्सनमा, कोटा बढाउन मागदेखि बजार अनुगमनसम्म तीव्र | पूर्वी चीनमा ‘डल्फिन’ आँधीको कहर, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए | पाल्पामा जीप ११० मिटर तल खस्यो, १० जना घाइते, एकको अवस्था गम्भीर | सुस्ता डुबान–कटानको उच्च जोखिममा, स्थानीय र सुरक्षाकर्मीले थाले अस्थायी तटबन्ध निर्माण |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु, तोकिएकै समयमा सम्पन्न गर्ने तयारी


  • पुष ९, २०७७
  • 869 Views
नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु, तोकिएकै समयमा सम्पन्न गर्ने तयारी image

काठमाडौँ । बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग खन्ने काम सुरु भएको छ । कोरोनाको कारण सुरुङमार्ग निर्माणको काममा प्रभाव परेकोमा हिजो मंगलबारदेखि सुरुङमार्ग खन्ने काम सुरु भएको सडक विभागका उपमहानिर्देशक अर्जुन थापाले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । कोरोनाको महामारीमा पनि सडक, खोला डाईभर्सन, बिस्फोट गर्नेलगायत विभिन्न तयारीको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सुरुङमार्ग खन्ने काम भने मंगलबारबाट औपचारिक रुपमा सुरु भएको उहाँले जानकारी दिनुभयो । अबदेखि सुरुङमार्ग खन्ने काम नरोकिने गरी काम हुने विभागका उपमहानिर्देशक थापाले बताउनुभयो ।
हाल सुरुङमार्गमा दुई सय ९० जना नेपाली र २५ जना जापानी प्राविधिक टोलीले काम गरिरहेका छन् । कोरोनाको कारण जापानी प्राविधिक टोली यसअघि आफ्नो घर फर्किएको भए तापनि हाल उहाँहरु नेपाल आइसकेकाले काममा कुनै बाधा नपुग्ने उहाँले बताउनुभयो ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९, जग्गाको मुआब्जा विवादलगायतका कारण पूर्वनिर्धारित समयमै सुरु हुन सकेको थिएन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गतवर्षको कात्तिक ४ गते उक्त सुरुङ मार्ग शिलान्यास गर्नुभएको थियो । आयोजनाका बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उपमहानिर्देशक अर्जुनजङ्ग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, धादिङका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोलीले केही दिन अघि आयोजनास्थल पुगेर निरीक्षण गर्नुभएको थियो ।
काठमाडौँको थानकोट दहचोकदेखि–सिस्नेखोलासम्म सुरुङको लम्बाइ २।५ किलोमिटर, चौडाइ ९।५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुङ्गाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ भने सडकको लम्बाइ आठ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट दश मिनेटमा नौबिसे पुग्न सकिनेछ । यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपियाँ खर्च हुने अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.