भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निजीलाई पनि खोप ल्याउन अनुमति दिइने, १०% भन्दा बढी नाफा लिन नपाउने


  • फाल्गुन २९, २०७७
  • 633 Views
निजीलाई पनि खोप ल्याउन अनुमति दिइने, १०% भन्दा बढी नाफा लिन नपाउने image

काठमाण्डाैं । कोभिड – १९ विरुद्धको खोप आयातका लागि सरकारले निजी कम्पनीहरूलाई अनुमति दिने भएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले एक–दुई दिनमै निजीलाई खोप ल्याउने वातावरण बनाउने बताए । निजी कम्पनीले ल्याएको खोप लागत मूल्यमा १० प्रतिशतसम्म मात्रै नाफा लिएर बेच्न पाउने मन्त्री त्रिपाठीले बताए । खोप ल्याउन औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्नेछ । तर, विभागमा अनुमतिका लागि एउटा पनि निवेदन परेको छैन । विभागको सूचना अधिकारी सन्तोष केसीले अनुमति मागे प्रक्रिया पूरा गरेर दिन सक्ने बताए ।

निजीले खोप ल्याउने भएपछि खोप किनेर लगाउन सक्ने, तर सरकारको प्राथमिकतामा नपरेका वर्गका व्यक्तिसँग खोप लगाउने विकल्प हुने सरकारको आकलन छ । अहिलेसम्म १४ लाखभन्दा बढी नागरिकले कोभिड– १९ विरुद्धको खोप लगाएका छन् ।

दोस्रो डोज लगाउने समय नजिकिँदै छ । तर, सरकारसँग मौज्दात खोप साढे ६ लाखको हाराहारीमा मात्रै छ । स्वास्थ्य मन्त्रालयले २० लाख खोप खरिद गरेकोमा १० लाख मात्रै नेपालले प्राप्त गरेको छ । १० लाख भारत सरकारले अनुदानमा दिएको छ भने करिब साढे तीन लाख कोभ्याक्स सुविधाबाट आएको छ । अहिलेसम्म पाँच प्रतिशत जनताले मात्र पहिलो डोजको खोप लगाएका छन् ।

सरकारले ५० लाख डोज खोप ल्याउन खरिद प्रक्रिया अघि बढाएको थियो । तर, सेरम इन्स्टिच्युटले तत्काल दिन नसक्ने र मूल्य पनि एक डलर बढी लिने भएपछि सरकार खरिद गर्न अलमलमा परेको छ । भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप र चीनको ‘सार्स कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टिभेटेड’लाई आकस्मिक प्रयोगका लागि सरकारले अनुमति दिएको छ ।

यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.