भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निम्न चापिय क्षेत्रको प्रभाव : तुवाँलो लाग्ने, वर्षा र हिमपात हुने


  • मंसिर ३, २०७८
  • 434 Views
निम्न चापिय क्षेत्रको प्रभाव : तुवाँलो लाग्ने, वर्षा र हिमपात हुने image

काठमाडौं । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागले आंशिक प्रभावका कारण देशका उच्च पहाडी तथा हिमाली भू(भागमा हिमपातको सम्भावना रहेको जनाएको छ। शुक्रबार बिहान मौसम पूर्वानुमान महाशाखाबाट जारी बुलेटिनमा निम्न चापिय प्रणालीको प्रभावले देशका अधिकांश भू(भागहरुमा चिसो बढ्ने क्रममा रहेको र तुवालोको कारणले पारदर्शितामा समेत कमी आउने उल्लेख छ।

महाशाखाले तुवाँलो सडक तथा हवाइ यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।शुक्रबार दिउँसो देशका कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू(भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू(भागहरू आंशिकदेखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

बाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती देशका सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका भू(भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू(भागहरू आंशिक सामान्य बदली रहने छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावान रहेको छ। शनिबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू(भागहरू सामान्य बदली रही बाँकी प्रदेशका भू(भागहरू आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ।

देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। आइतबार पहाडी भू(भागमा सामान्य बदली रही बाँकी भू(भागहरू आंशिक बदली रहने छ। बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावान रहेको छ। कर्णाली र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का बर्षाको सम्भावना छ । बाग्मती, गण्डकी र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.