DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

निर्वाचन र गणनामा लापरबाही गर्नेलाई कारबाहीको तयारी


  • जेष्ठ ५, २०७९
  • 376 Views
निर्वाचन र गणनामा लापरबाही गर्नेलाई कारबाहीको तयारी image

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण सङ्कलन सुरु गरेको छ ।मतदान सम्पन्न गराउन खटाइएका केही कर्मचारीले स्थानीय तह निर्वाचन निर्देशिका र मतदान निर्देशिका–२०७८ प्रतिकूल हुने कामकारबाही गरेको जनगुनासोपछि आयोगले त्यस्ता कर्मचारीको विवरण सङ्कलन गर्न लागेको हो । निर्वाचन अयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दस्तखत नै नगरी तथा अर्धकट्टीसहित मतपत्र दिने, स्ट्याम्प प्याडको सट्टा मसी, मतदाताको सही विवरण उल्लेख नगर्ने, रबर स्वस्तिक छापको सट्टा स्टिल प्रयोग गर्ने कार्यमा संलग्न कर्मचारीको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।

त्यस्तै मतदाता नामावलीमा स्पष्ट रेजा नलगाउने, प्रविष्ट सङ्ख्या उल्लेख नगर्ने, मतगणना सम्पन्न भए पनि घोषणा गर्न ढिलाइ गर्ने, सदर मत बदर र बदर मत सदर भनेर निर्णय गर्ने कर्मचारीलाई कारबाहीस्वरूप उक्त विवरण सङ्कलन गर्न लगाइएको आयोगले जनाएको छ । मतदान कार्यमा खटाइएका जिम्मेवार मतदान अधिकृत कर्मचारीहरूबाट भएका यस प्रकारका गल्तीले निर्वाचनका क्रममा विवाद र धाँधली उत्पन्न भई मतदान तथा मतगणना स्थगित र निर्वाचन अवरुद्ध भएको आयोगद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । गोरखापत्र देनिकबाट…

 


Thali Mobile Pvt.Ltd.