भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेकपामा दुई लाइन संघर्षको बीजारोपण


  • मंसिर १५, २०७७
  • 699 Views
नेकपामा दुई लाइन संघर्षको बीजारोपण image

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट रूपमा दुई लाइनको संघर्ष सुरु भएको छ । २८ कात्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रस्ताव पेस गरेका थिए । त्यसपछि प्रत्युत्तर दिँदै शनिबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले अर्को राजनीतिक प्र्रस्ताव पेस गरेका छन् । अध्यक्ष ओली र दाहालले पेस गरेको प्रस्तावमा एकले अर्कोमाथि गम्भीर आरोप लगाएका छन् । दुई अध्यक्षले एक आपसमा गम्भीर दोषारोपण गर्दै छुट्टाछुट्टै प्रस्ताव पेस गरेपछि पार्टीमा दुई लाइन संघर्षको बीजारोपण भएको हो । स्थायी कमिटीका निर्णय कार्यान्वयन, मन्त्रीपरिषद् पुनर्गठन, राजदूत नियुक्ति, पर्सामा पार्टी कार्यकर्ताको हत्या, कर्णाली प्रदेश विवादलगायतका विषयबाट सुरु भएको विवाद उत्कर्षमा पुग्दै अहिले आएर लिखित रूपमै आरोप–प्रत्यारोप सुरु भएपछि पार्टी नै विभाजन नजिक पुगेको विश्लेषण नेताहरूले समेत गर्न थालेका छन् ।

कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो । २६ भदौको स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नु नै विवाद समाधानको उत्तम विकल्प हो । नेकपा स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गत २६ भदौमा स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन नै विवाद समाधानको सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् । दुवै अध्यक्षले साझा प्रस्ताव ल्याएको भए राम्रो हुने बताउँदै अहिले पनि दुवै प्रस्तावका राम्रा पक्षलाई समेटेर साझा प्रस्ताव तयार गरे पार्टीको हितमा राम्रो हुने उनले बताए । ‘कमरेड प्रचण्डले एकतर्फी ढंगले प्रस्ताव प्रस्तुत गरेपछि अहिलेको संकट उत्पन्न भएको हो,’ ज्ञवालीले भने, ‘२६ भदौको स्थायी कमिटीले गरेको निर्णय कार्यान्वयन गर्नु नै विवाद समाधानको उत्तम विकल्प हो ।’ नेकपा स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले अध्यक्षद्वय ओली र दाहालले आरोप–प्रत्यारोपमा लागेर पार्टी नै फुटाउने दिशामा अग्रसर रहेको बताए ।

शीर्ष नेताहरूको व्यवहारले पार्टी गम्भीर संकटमा पुगेको उनले बताए । ‘आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुप¥यो । एकले अर्कोलाई आरोप लगाएर मात्र समस्या समाधान हुँदैन,’ गजुरेलले भने, ‘वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरूको स्तर पनि बढाउँथ्यो ।’ स्थायी कमिटी सदस्य पम्फा भुसालले पार्टी एकता अहिले गम्भीर मोडमा पुगेको बताएकी छन् । प्रधानमन्त्री ओलीको राजनीतिक प्रतिवेदन पार्टीको समस्या समाधान गर्ने गरी आउने अपेक्षा गरे पनि त्यस्तो नपाएको उनले बताइन् । अध्यक्षद्वयले आत्मसमीक्षा गरेर अगाडि बढे मात्रै पार्टी एकताको रक्षा हुन सक्ने उनले बताइन् । आरोप प्रत्यारोप मात्रै छन् । आफूतिर कोही पनि फर्किएका छैनन् । दुवै अध्यक्षले आफूतिर फर्किएर समीक्षा गर्नुप(यो । वैचारिक राजनीतिक बहस भएको भए त्यसले नेताहरूको स्तर पनि बढाउँथ्यो । नेकपा स्थायी कमिटीका सदस्य बेदुराम भुसालले पार्टीभित्र आरोप–प्रत्यारोपको शृंखला जारी रहेकाले सहमतिको सम्भावना कम रहेको बताए । अब पार्टी बैठकमा छलफल गरेर निर्णय गरी अगाडि बढ्नुको विकल्प पनि नरहेको उनले बताए । राजधानी दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.