भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेकपामा नयाँ विवाद, खल्तीका कार्यकर्ताले कसको निर्णय मान्ने ?


  • भाद्र ९, २०७७
  • 690 Views
नेकपामा नयाँ विवाद, खल्तीका कार्यकर्ताले कसको निर्णय मान्ने ? image

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधानका लागि बनाइएको कार्यदलले प्रतिवेदन बुझाएसँगै त्यसको कार्यान्वयनलाई लिएर नयाँ विवाद सिर्जना भएको छ। विवाद समाधानका लागि कमिटीले नै निर्णय गर्ने कि कार्यदलको प्रतिवेदनलाई मान्ने भन्ने प्रश्नहरू उठ्न थालेका छन् ।

कम्युनिस्ट पार्टीभित्र विवाद निरूपण कमिटीहरूबाटै हुने गर्छ । जुन कमिटीमा विवाद उत्पन्न हुन्छ, त्यही कमिटीबाट निरूपण गर्नुपर्ने भए पनि विवाद निरूपणका लागि भन्दै सुझाव कार्यदल बनाउने जस्तो उल्टो बाटो खोजिएको भन्दै नेकपामा नयाँ विवाद उत्पन्न भएको हो । ‘कम्युनिस्ट पार्टी विधिबाट सञ्चालन हुने हो । स्थायी कमिटीको बैठक चलिरहेको छ । जहाँबाट विवाद उत्पन्न भएको छ, निरूपणको थलो पनि त्यही नै हुन्छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘चलिरहेको बैठक छलेर बनाइएको कार्यदलको कुनै अर्थ छैन ।

त्यसले कुनै नयाँ सुझाव पनि दिएको छैन ।’ उनका अनुसार महाधिवेशनको विषयमा केन्द्रीय कमिटीले दिएको म्यान्डेट छँदैछ । गत मंसिर ४ मा दुई अध्यक्षबीच भएको सहमति र संगठन विभागले बनाएको कार्ययोजनालाई कार्यान्वयन गर्ने कुरा नै सुझावमा छन् । ‘केके न हुन्छ भनेर हामीले सोचेका होइनौं ।

कार्यदल त कार्यकर्तालाई आँखामा छारो हाल्न र केही व्यक्तिगत प्रवृत्तिलाई सुधार्न सहायक हुन्छ कि भनेर बनाइएको हो तर त्यसका सदस्यहरूले विधि, पद्धति भनेर स्थायी कमिटीमा उठेका विषयलाई पनि छोपिदिएका छन्,’ ती सदस्यले भने, ‘त्यसकारण कमिटीगत पार्टीमा कार्यदलको सुझाव होइन, कमिटीगत निर्णय मान्य हुन्छ । बैठकमै निरन्तर छलफल हुनुपर्छ ।’

सचिवालय बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमले यो विषय उठाए पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदललाई अनुमोदन गर्ने प्रस्ताव ल्याए र अनुमोदन पनि गराए । दुई अध्यक्षको खल्तीबाट नाम निकालेर बनेको र विधि र पद्धतिबाट पार्टी सञ्चालन गर्नुपर्ने सुझाव दिने कार्यदलले नेकपाको विवाद दीर्घकालीन रूपमा समाधान गर्छ कि केही समयलाई मात्र टार्छ भन्ने अर्को प्रश्न पनि सँगै उठेको छ । नागरिकबाट…

 


Thali Mobile Pvt.Ltd.