भर्खरै : Sorry, your browser does not support inline SVG.
यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते | दसैँको सट्टा खोकनामा सिकाली जात्राको रौनक, जोगिँदै मौलिक संस्कृति | चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपाल वायु सेवा निगमको नक्कली नियुक्तिपत्र र पोसाक बाँड्दै दुई सयभन्दा बढीबाट कम्तीमा दुई करोड


  • मंसिर १५, २०७७
  • 691 Views
नेपाल वायु सेवा निगमको नक्कली नियुक्तिपत्र र पोसाक बाँड्दै दुई सयभन्दा बढीबाट कम्तीमा दुई करोड image

काठमाडौं । काठमाडौं गौशाला पिंगलास्थान चोकमै नसिमा कपाली (६० वर्ष)को चुरा पसल छ । पसलमै उनी टेलरिङ व्यवसाय पनि चलाउँछिन् । नेपाल वायु सेवा निगमको सुब्बा बताउने सुरेशकुमार महतो सोही पसलमा दैनिकजसो आउँथे । बेलाबखत सुट सिलाउने अर्डर पनि गर्थे । सोही क्रममा उनी निगमले करारमा कर्मचारी नियुक्त गर्न खोजेको र सेटिङमा कर्मचारी खोज्ने जिम्मा आफूले पाएको सूचना नसिमासँग पटक–पटक चुहाइरहन्थे । त्यसका लागि केही रकम लाग्ने र नियुक्तिपत्रसँगै निगमको पोसाक पनि आफैँले उपलब्ध गराउने बताउँथे । नसिमालाई उनीमार्फत निगममा परिवारको सदस्य घुसाउने जुक्ति फु¥यो । उनले आफ्नो नातिलाई निगममा जागिर लगाइदिन सुरेशसँग प्रस्ताव गरिन् । सुरुमा उनले आनाकानी गरे ।

नसिमा पछाडि हट्ने संकेत पाएपछि सुरेशले जागिर लगाइदिएबापत ६५ हजार रुपैयाँ लाग्ने बताए र त्यो कुरा कसैलाई नभन्न राजी पनि गराए । नसिमाले पनि उनले भनेअनुसार नै ६५ हजार थमाइदिइन् । केही दिनपछि उनले नातिको नाममा नियुक्तिपत्र पाइन् । निगमको लेटर हेडमा अधिकृत सुरेशकुमार महतोको हस्ताक्षर र निगमको स्ट्याम्पसहितको खामबन्दी नियुक्तिपत्र पाएपछि नसिमा दंग परिन् । त्यसैगरी अरूलाई पनि जागिर लगाइदिने आश्वासन नसिमालाई दिँदै गए । परिवारका अन्य सदस्य पनि खोजी गर्न उनले उक्साए । नसिमाले ३० जना जम्मा पारिन् । र, सबैबाट गरी करिब २१ लाख रुपैयाँ संकलन गरिन् । सुरेशलाई पसलमै बोलाएर कागजातसँगै संकलित सबै रकम सुरेशलाई बुझाइन् । त्यसको केही दिनपछि नै सुरेश खामबन्दी नियुक्तिपत्र बोकेर पसलमा आए । र, सबैको नियुक्तिपत्र नसिमालाई बुझाए । यसपटक उनले नियुक्ति पत्रसँगै पोसाकसमेत लिएर आएका थिए । सुरेशले बाँडेका सबै नियुक्तिपत्र नक्कली रहेको भेउ नसिमाले वर्षदिनपछि मात्र थाहा पाइन् ।

‘नियुक्तिपत्र निगमको लेटरहेडमा थियो । पत्रमा सुरेशकुमार महतोको हस्ताक्षर थियो । निगमको छाप पनि थियो । सँगै डे«स भनेर कपडा पनि ल्याइदियो । त्यही भएर मैले त होला भन्ने ठानेँ,’ रकम दिएको वर्षदिनपछि असलियत थाहा पाएकी नसिमाले नयाँ पत्रिकासँग भनिन्, ‘३० जनालाई एकठ्ठा गरेँ । २१ लाख रुपैयाँभन्दा बढी जुटाएँ । सबै उसैलाई दिएँ । तर, कसैले अहिलेसम्म जागिर पाएका छैनन् । म ठगिएको महसुस त बल्ल पो गर्दै छु ।’ गौशाला पिंगलास्थानमै कपडा पसल चलाउँदै आएकी दोलखा भीमेश्वर नगरपालिका–४ की अनिता चौलागाईं ९३५ वर्ष०को नियमित ग्राहक थिइन्, झापा गौरीगन्जकी सरिताकुमार राजवंशी ९४० वर्ष० । पसल जाँदैपिच्छे राजवंशीले रोजगारी खुलेको अनितालाई बताइरहन्थिन् । र, सँगै सबै सेटिङ हुने अनि निगमको अधिकृत सुरेशकुमार महतोले काम गर्ने उनी अनितालाई बताउँथिन् । जागिर लगाइदिएबापत ६५ हजारदेखि एक लाख रुपैयाँसम्म लाग्ने उनी सुनाउँथिन् । कपडा पसल गरिरहेकी अनितालाई निगमको जागिरले लोभ्यायो । र, आफूसँगै परिवारका अन्य सदस्यलाई पनि जागिर खुवाउने सपनाले उनलाई रोमाञ्चित बनायो । उनले पनि परिवारका १२ सदस्यलाई मनाइन् । सबैलाई लिएर पिंगलास्थानस्थित सरिताको कोठामा पुगिन् । मास्क पहिरेका एक पुरुष सरिताको कोठामै थिए ।

सरकारी पोसाकमा ठाँटिएका उनले आफूलाई निगमको अधिकृत सुरेशकुमार महतो भन्दै परिचय दिए । अनिताले कागजातसहित १२ जनाबाट जम्मा गरेको सबै रकम सरितालाई उनकै कोठामा बुझाइन् । रकम बुझेको प्रमाण भन्दै महतोले निगमको छाप लगाएर एउटा कागज पनि दिए । त्यही कागज लिएर अनिता पसल फर्किइन् । त्यसको केही दिनपछि सबैको नियुक्तिपत्र मात्र होइन, निगमको पोसाकसमेत सरिताबाट बुझिन् । तर, पत्रमा उल्लेखित जागिर वर्षदिन बित्न लाग्दा पाउन सकिनन् ।पिंगलास्थानस्थित कपडा दोकानमा भेटिएकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘एयरपोर्टमा जागिर लाइदिने भन्यो । मैले १२ जनाबाट १० लाख जम्मा गरेर सरितालाई बुझाएँ । सुरेश महतो पनि उनकै कोठामा थिए । त्यसको केही दिनपछि नियुक्तिपत्र पनि आयो । तर, अहिलेसम्म जागिर खान पाइएन । उसको सबै हर्कत ठगीका लागि रहेको बल्ल पो थाहा हुँदै छ । नयाँपत्रिका दैनिकबाट ……

 


Thali Mobile Pvt.Ltd.