भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेप्से र कारोबार रकममा गिरावट


  • असार २२, २०७९
  • 435 Views
नेप्से र कारोबार रकममा गिरावट image

काठमाडाैं । मंगलबार नेप्से परिसूचकसँग कारोबार रकममा पनि गिरावट आएको छ । सेयर बजार मापक नेप्से परिसूचक मंगलबार ४६.०८ अंकले घटेर २०३०.५९ विन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट इण्डेक्स ८.७१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.२५ अंकले घटेको छ ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ८६ लाख १३ हजार कित्ता सेयर २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

सोमबार नेप्से परिसूचक सामान्य अंकले गिरावट आएपनि कारोबार रकम ३ महिना यताकै उच्च भएको थियो । सोमबार ४ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

मंगलबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ । जसमध्ये व्यापार, अन्य, लगानी र वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

मंगलबार नेप्से परिसूचक ओरालो लागे पनि दुईवटा कम्पनीको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिवाईसी लघुवित्त र ङादी गु्रप पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । तर यता, घलेम्दी हाइड्रोपावरका सेयरमूल्य ६.६० प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा ३० करोडभन्दा बढी कारोबार गरेर सानिमा बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ । अरुण काबेली हाइड्रोपावरको १० करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

कारोबार दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.