भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गरौँ : प्रधानन्यायाधीश


  • मंसिर ९, २०७७
  • 679 Views
न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि हुने गरी काम गरौँ : प्रधानन्यायाधीश image

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायपालिकाको जनआस्था अभिवृद्धि हुने गरी काम गर्न न्यायपालिकाका सबै कर्मचारीलाई आग्रह गरेका छन् ।न्यायपालिकाअन्तर्गत विभिन्न तहका अदालतमा कार्यरत रजिस्ट्रार, स्रेस्तेदार र तहसिलदारको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानन्यायाधीश जबराले कामकारबाही गर्दा न्यायपालिकाको संस्थागत उद्देश्य हासिल हुने र न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सहयोग पुग्ने गरी काम गर्न आग्रह गरेका हुन् । विगतमा थुप्रै प्रकारका सुधारका कार्यको थालनी भएको उल्लेख गर्दै फलस्वरूप न्याय तथा व्यवस्थापनसम्बन्धी विभिन्न पक्षमा अनुभूति गर्न सकिने किसिमका उपलब्धि हासिल भएको उनको भनाइ थियो ।

प्रधानन्यायाधीश जबराले पछिल्लो समयमा विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारीका कारण कतिपय सुधारका कार्य प्रभावित भए पनि सम्पूर्ण न्यायिक जनशक्तिकै भूमिकाले यथोचित प्रगति गर्न सकिने विश्वास व्यक्त गरे । युगानुकूल परिवर्तन र नवीन विधिशास्त्रीय मान्यतासहित निर्माण भएका संहिताको कार्यान्वयनमा एकरूपता र प्रभावकारिता ल्याउन व्यवस्थापकीय जिम्मेवारीमा रहने जनशक्तिकै मुख्य भूमिका हुने उनको भनाइ थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले फैसला कार्यान्वयनको विषय जनअपेक्षानुरूप नभएको गुनासो आएको हुँदा न्यायिक सुधारका कार्यको संस्थागत विकास गर्न मन्त्रालयका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरिने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले संहिता कानुनको प्रभावकारी कार्यान्वयन गर्न तहगत अदालतका रजिस्ट्रार तथा स्रेस्तेदारकै भूमिका हुने भएकाले सम्मेलनले संहिता कानुनको कार्यान्वयनमा देखिएका समस्या समाधान गर्न मार्गप्रशस्त गर्ने विश्वाससमेत व्यक्त गरिन् ।सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले संहिता कानुन कार्यान्वयनका क्रममा देखिएका कतिपय कार्यविधिगत अस्पष्टतालाई हटाउने तथा व्यवस्थापकीय सुधार गर्ने विषय प्रस्तुत सम्मेलनबाट पहिचान हुने बताए । लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले न्यायपालिका स्वतन्त्र, सक्षम र निष्पक्ष नभएसम्म जनताले न्यायको अनुभूति गर्न नसक्ने भएकाले लगनशीलता र लोकाचारलाई ध्यान दिएर कर्मचारीबाटै यसको सुरुवात हुनुपर्ने बताए ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले फरक मुद्दा व्यवस्थापन पद्धतिको कार्यान्वयनमा महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकिलको पूर्ण प्रतिबद्धता रहेको बताए । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलाले जिल्ला र उच्च अदालतमा यसै आर्थिक वर्षदेखि लागू गरिएको फरक मुद्दाको फरक व्यवस्थापनसहित समग्र न्यायपालिकाको रणनीतिक योजनाको कार्यान्वयन व्यवस्थापन तहमा रहेका जनशक्तिको विषय बनेको बताए । नयाँपत्रिका दैनिकबाट …..

 


Thali Mobile Pvt.Ltd.