भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता


  • भाद्र ३०, २०७७
  • 522 Views
पहिरोको इपिसेन्टर सिन्धुपाल्चोक २ महिनामा ७३ को मृत्यु, ४२ बेपत्ता image

भूकम्पले थिलथिलो बनाएको जमिन, वर्षेनी भारी वर्षा हुँदा सिन्धुपाल्चोक पहिरोको ‘इपिसेन्टर’ बन्न पुगेको छ । पछिल्ला दुई महिना पहिरोमा परी दर्जनौंले अकालमा ज्यान गुमाएका छन् । सयौं सिन्धुबासीको उठिबास लागेको छ । दुई महिनामा मात्र सिन्धुपाल्चोकका ७३ जनाले पहिरोमा परी ज्यान गुमाउनुपरेको छ भने पहिरोमै परी ४२ जना अझै बेपत्ता छन् ।

२५ असारमा बाह्रबिसे नगरपालिका–५ स्थित जम्बुमा ठाडो खोला उर्लंदा जम्बु बजार क्षणभरमै खण्डहर बन्यो । बस्ती नै पुर्ने गरी ठाडो खोला उर्लंदा जम्बुमा २ जनाको मृत्यु भयो, १७ जना बेपत्ता भए ।भोटेकोसी गाउँपालिका–५ बुलकोटेका पहिरोले बस्ती पुर्दा २५ असारमा ६ जनाले ज्यान गुमाएका छन् । बुलकोटे पहिरोमा बेपत्ता ३ जनाको न त लास फेला प¥यो, न त सास नै भेटियो ।

साउन १९ मा पाँचपोखरी थाङपाल गाउँपालिका–२ मा पहिरोले ३ जनाको ज्यान लिएको छ । सोही दिन मेलम्ची नगरपालिका–९ गैराबगरमा पहिरो खस्दा निर्माण मजदुरीका लागि आएका ९ जना तराईबासीले ज्यान गुमाउनुप¥यो । जुगल गाउँपालिका–२ लिदीगाउँमा पहिरोमा परी ३७ जनाले ज्यान गुमाएका छन् ।

साउन ३० गते बिहानीपख बस्तीमाथिको पहाड खस्दा लिदीगाउँका ३९ जना बेपत्ता भएकोमा ३७ जनाको शव फेला प¥यो, २ जना अझै बेपत्ता छन् । आइतबार बिहान बाह्रबिसे नगरपालिका–७ घुम्थाङ भीरखर्कबाट खसेको पहिरोले नागपुजे र आसपासका १४ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर अन्य १७ जना बेपत्ता भएका छन् । नेपाल समाचारपत्रबाट…

 


Thali Mobile Pvt.Ltd.