भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पाठ्यपुस्तक छपाइमा ढिलाइ, संसदीय समितिले देखायो चासो


  • जेष्ठ १२, २०७९
  • 494 Views
पाठ्यपुस्तक छपाइमा ढिलाइ, संसदीय समितिले देखायो चासो image

काठमाडौं । शैक्षिक सत्र सुरु भएर पठनपाठन अघि बढ्दा पनि पाठ्यपुस्तक छपाइ नसकिएपछि संसदीय समितिले चासो देखाएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले विद्यार्थीका लागि पाठ्यपुस्तक छाप्ने जिम्मेवारी पाएको सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका अधिकारीलाई बोलाएर यस विषयमा जवाफ मागेको हो ।

समितिले पुस्तक छपाइमा भइरहेको ढिलाइप्रति जवाफ मागेपछि केन्द्रका अधिकारीले भने स्थानीय तह निर्वाचन र रुस–युक्रेन युद्धका कारण काम गर्न नसकिएको भन्दै पन्छिने प्रयास गरेको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक अनिलकुमार झाले समितिको बुधबारको बैठकमा स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्नुपरेको भएकाले र रुस–युक्रेन युद्धका कारण कागज आउन ढिला हुँदा छपाइको काम प्रभावित भएको जनाएका छन् । समितिको बैठकमा उनले गत १० चैतसम्म आइपुग्नुपर्ने कागज अहिले मात्रै आएको जनाएका छन् । कागज आउन ढिलाइ भएकाले असार पहिलो सातासम्म छपाइ सकिने पनि उनको भनाइ छ ।

झाले २ करोड पुस्तक छाप्नुपर्नेमध्ये करिब ३५ लाख मात्रै पाठ्यपुस्तक छाप्न बाँकी रहेको बताएका छन् । छापिएका पाठ्यपुस्तक ९ जेठदेखि देशभरका नौवटा डिपोबाट वितरण थालिएको र दुर्गम हिमाली र पहाडी जिल्लाका विद्यार्थीलाई प्राथमिकता दिएर वितरण कार्य भइरहेको उनको भनाइ छ । छाप्न बाँकी पाठ्यपुस्तक प्रज्ञा प्रतिष्ठानको छापाखानामा पनि छपाइ गर्ने तयारी भएको उनको भनाइ थियो ।
कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तक जनक शिक्षाले छाप्ने जिम्मा पाएको छ । त्यीमध्ये कक्षा ५, ६ र ८ को पाठ्यपुस्तक अभाव देखिएको छ । छापिएका पुस्तक पनि पूरा सेटमा नहुँदा बिक्रेताले ढुवानी गरेका छैनन् ।

बैठकमा सांसदहरूले समयमै सरकारी विद्यालयमा पाठ्यपुस्तकसमेत पु(याउने व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । पूर्व शिक्षामन्त्री समेत रहेकी सत्तारूढ नेपाली कांग्रेसकी सांसद चित्रलेखा यादवले पाठ्यपुस्तक पु(याउने काममा सरकार गैरजिम्मेवार भएको जनाइन् ।
नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले अनिवार्य र निःशुल्क शिक्षा दिने संवैधानिक व्यवस्थाको समेत धज्जी उडाउनेगरी सरकारले सरकारी विद्यालयमा पाठ्यपुस्तकसमेत समयमा पु¥याउन नसकेको बताए ।

लिमिटेडका सूचना चित्रकुमार आचार्यले गत वर्ष १ करोड ६५ लाख पुस्तकको बिक्री वितरण भएको र यो वर्ष करिब १ करोड ८५ लाख पुस्तक छाप्ने योजना रहेको जनाएका छन् ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.