भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध


  • बैशाख ४, २०७९
  • 505 Views
पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी बालकको मृत्यु, विपी राजमार्ग अवरुद्ध image

सिन्धुली । सिन्धुलीमा विपी राजमार्ग अवरुद्ध गरिएको छ। पक्कि पुल निर्माण गर्न बनाइएको खाल्डोमा परी एक बालको मृत्यु भएपछि ठेकेदारलाई कारबाहीको माग गर्दै आइबार बिहानैदेखि विपी राजमार्ग अवरुद्ध गरिएको हो। सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुङग्रेबासबाट धुराबजार तर्फ जोड्ने गरी ग्वाङ खोलामा पक्कि पुल निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा एक १२ वर्षीय बालकको मृत्यु भएपछि मृतक बालकका आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन्।

पक्किल पुल गर्न खनेको खाल्डोमा पौडी खेल्ने क्रममा डुबेर फिक्कल गाँउपालिका घर भई कमलामाई नगरपालिका ५ बस्ने प्रकाश भुजेलका १२ वर्षीय छोरा सृयास भुजेलको मृत्यु भएको थियो। बालकको मृत्यु भएपछि कारबाहीको माग गर्दै मृतकका आफन्त तथा स्थानीयले विपी राजमार्ग अवरुद्ध गरेका हुन्।

विपी राजमार्गस्थित कमलामाई नगरपालिका ४ ढुङग्रेसबास चोक दुई नम्बर गेट चोक तथा हिरापानी चोकमा टायर बालेरै स्थानियले राजमार्ग अवरुद्ध गरेका छन्। राजमार्ग अवरुद्ध भएपछि पुर्वी तराईका विभिन्न जिल्ला हुदै काठमाडौँ आवात(जावत गर्ने यात्रु तथा सवारी बाटोमै अलपत्र परेका छन्। प्रहरीले भने राजमार्ग खुलाउने प्रयास भइरहेको जनाएको छ।

ठेकेदार प्रहरी नियन्त्रणमा रहेकाले ठेकेदार पक्ष र पीडित पक्षबीच वार्ता गराई राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। शनिबार विद्यालय छुट्टीको समयमा पौडी खेल्ने क्रममा बालकको पुल निर्माण स्थलमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले जनाएका छन्। मृतक बालक जनता आवाशिय मावि रातमाटामा कक्षा ४ मा अध्ययनरत थिए।

ठेकेदार कम्पनीको गम्भिर लापरवाहीको कारण बालकको मृत्यु भएको भन्दै स्थानीयले हालसम्म शव बुझ्न मानेका छैनन्। निर्माण स्थलमा तारजाली वा घेराफेरा गर्ने र होडिङबोर्ड राख्ने काम समेत नगरी लापरवाहीका साथ खाल्डो खनेर खुल्ला छाड्दा बालक डुबेको स्थानीयको भनाइ छ। पुल निर्माणकोको जिम्मा सारस विल्र्डस कम्पनीले पाएको छ। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.