भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पूर्ण रूपमा खुल्दै चीनसँगका नाका


  • चैत्र १७, २०७९
  • 249 Views
पूर्ण रूपमा खुल्दै चीनसँगका नाका image

काठमाडौँ । नेपाल–चीनबीचका दुई मुख्य नाका व्यापार तथा जनसम्पर्कका लागि खुल्ने भएका छन् । २०७२ को भूकम्प र त्यसपछि कोरोनाको प्रकोपका कारण अवरुद्ध नाका पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको छ ।

चीनको स्वायत्त क्षेत्र तिब्बतको ल्हासामा नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको बसेको बैठकमा चैत १८ गतेदेखि रसुवागढी–केरुङ नाकामार्फत दुईतर्फी व्यापार र जनसम्पर्कका लागि आवतजावत पूर्ण रूपमा सञ्चालन गर्ने सहमति भएको हो ।

त्यसैगरी तातोपानी–झाङ्मु हुँदै दुईतर्फी व्यापार र मानव आवागमन तथा यारी–पुलाङ क्षेत्रबाट यात्रु आवागमन भने आगामी वैशाख १८ गतेदेखि सञ्चालन गर्ने सहमति भएको छ । नेपालको अनुरोधमा चिनियाँ पक्षले नेपाल–चीन सीमामा बहुआयामिक प्रयोगशाला स्थापना गर्न विचार गर्ने सहमति जनाएको छ ।

नेपालले सीमापार विशेष आर्थिक क्षेत्र निर्माण गर्ने र नेचुङ–लिजी सीमा बन्दरगाहमा नेपाल पक्षले गर्ने पूर्वाधार निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रस्तावलाई पनि चीनले स्वागत गरेको छ । चिनियाँ पक्षले नेपाल–चीन सीमामा मौसमी सीमा व्यापार नाका खोल्ने आश्वासन पनि दिएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ ।

नेपालका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको तिब्बत स्वायत्त क्षेत्रको जनसरकारका कार्यकारी उपाध्यक्ष चेन योङ्छीले संयुक्त अध्यक्षता गर्नुभएको बैठकमा सीमापार व्यापार र जनसम्पर्कलाई अधिकतम स्तरमा सञ्चालन गर्ने र भूमि बन्दरगाहको सहज सञ्चालन, व्यापार सहजीकरण, भन्सार सहयोग, सीमा क्षेत्र विकास, व्यापारसँग सम्बन्धित पूर्वाधारलगायत सीमा व्यापार र सहकार्यमा सहयोगका नयाँ बाटो खोज्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

दुई देशबीचको घनिष्ठ आर्थिक र व्यापारिक सम्बन्धको महत्त्वलाई स्वीकार गर्दै चीनमा अमिलो फलफूल, सुक्खा मासु र औषधिजन्य जडीबुटीजस्ता कृषि तथा पशुजन्य उत्पादनको निर्यातलगायतका क्षेत्रमा सम्भावित सहयोगबारे छलफल भएको थियो । सचिव मरासिनीले काठमाडौँ–ल्हासा सिधा उडानका लागि आग्रह गर्नुभयो ।

नेपाली खासा जान पाउने

सिन्धुपाल्चोकबाट प्राप्त समाचारअनुसार भूकम्पपछि तिब्बतले खासा बजारलाई पुनर्निर्माण गरी अझ व्यवस्थित र आकर्षक बनाएको छ ।

खासा बजार साँघुरो भएको र अरू कारणले नेपाली कन्टेनरलाई खासा प्रवेश भने नगराउने चिनियाँ पक्षको तयारी छ । नेपाली पक्ष भने खासा बजार पुगेर सामान खरिद गर्न पाउने प्रबन्ध मिलाउने पक्षमा लागेको छ । चीन सरकारले खासालाई पर्यटकीय हब बनाउने योजनाअनुरूप पर्यटकलाई प्रवेशाज्ञा दिने भएको छ ।

तातोपानी नाकाबाट अहिले आयात बढ्न थालेको छ । उक्त नाकाबाट दैनिक १० देखि १५ मालवाहक कन्टेनर तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय भित्रिन थालेका छन् । उक्त कार्यालयका प्रमुख भन्सार अधिकृत दयानिधि केसीले आयात बढेसँगै वैशाखदेखि निकासी खुलाउने चिनियाँ सरकारी पक्षबाट जानकारी प्राप्त भएको बताउनुभयो ।

केही साताअघिसम्म सो नाकाबाट दैनिक दुई/तीनवटा कन्टेनर मात्रै तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भित्रिँदै आएका थिए । पछिल्लो

समय कन्टेनर भित्रिने सङ्ख्या बढेपछि भन्सार यार्डमा छ सयभन्दा बढी मजदुरले पालोमा लोड–अनलोडको काम पाएका छन् ।

 

साभारः गाेर्खा पत्र दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.