भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पेसीमा गोलाप्रथा लागू भएपछि न्यायिक विचलन ६० प्रतिशतले घट्यो : कार्की


  • जेष्ठ ३२, २०८०
  • 319 Views
पेसीमा गोलाप्रथा लागू भएपछि न्यायिक विचलन ६० प्रतिशतले घट्यो : कार्की image

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय निरुपणमा सहज भएको र अदालतप्रतिको आलोचना घटेको बताएका छन् । उनले गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको पनि बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्ना अनुभव सुनाउने क्रममा प्रस्तावित प्रधानन्यायाधीश कार्कीले बिहीबार देशभरबाट गोलाप्रणालीबाट पेसी तोक्ने कुराले सकरात्मक संकेत गरेको बताए ।

पेसी तोक्न गोलाप्रणाली लागू भइसकेपछि जुन कुरा छ्यापछ्याप्ती सुनिन्थ्यो त्यसमा कमी आएको छ । मैले शीर्ष कानुन व्यवसायीहरूसँग कुरा गर्दा सोध्ने गरेको छु कि अहिले कस्तो भइरहेको छ भनेर । देशभरिका कानुन व्यवसायीसँग पनि सोध्ने गरेको छु । उहाँहरूले ६० प्रतिशतसम्म घटेको बताउनुभएको छ,ु उनले भने, ुन्यायिक विचलनको विषयमा जुन कुरा सुन्नुभएको थियो आज त्यो अवस्था छ कि छैन रु भन्दा ६० प्रतिशत भन्दा बढीले घटेको छ भन्नुहुन्छ ।

न्यायिक निकायमा हुने विचलन ६० प्रतिशतले घटेको कुराले आफूलाई गर्व लागेको पनि उनले सुनाए । ुयसलाई गर्वको रूपमा लिन्छौं । कम्तिमा ६० प्रतिशत त घटाउन सकेका छौं । १०० प्रतिशत पुर्‍याउन सकिन्छ भन्ने लागेको छु, उनले भने । २०७८ मंसिर १५ देखि गोलाप्रणालीबाट पेसी तोक्न सुरु भएको थियो । सर्वोच्चमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन चलिरहेको थियो । पेसी व्यवस्थापनका लागि अटोमेसन प्रणाली लागु गर्ने कुरा पनि उठेको थियो । गोला प्रणालीबाट सर्वोच्च, उच्च र जिल्ला अदालतमा पेसी व्यवस्थापन गर्दा मुद्दाको फर्च्यौटमा पनि सकरात्मक परिणाम आएको उनको भनाइ थियो ।

प्रस्तावित प्रधानन्यायाधीश कार्कीले अटोमेसन प्रणालीबाट पेसी व्यवस्थापन गर्ने विषय अध्ययनको चरणमा रहेको बताए । एकपटक अटोमेसनमा गइसकेपछि त्यसबाट पछाडि फर्किन गाह्रो पर्ने भएकाले पहिले नै पर्याप्त अध्ययन भइरहेको उनको भनाइ थियो । त्यो प्रणालीलाई समयमा अपग्रेड गर्न बजेट लगायतका आवश्यक कुरा उपलब्ध हुन सक्छन् कि सक्दैनन् भन्नेलगायतका विषयमा कुरा भइरहेको उनको भनाइ थियो । कान्तिपुर दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.