भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

पोखरेलको आक्रोश : शिक्षकसँग भएको सम्झौता कार्यान्वयन नगर्ने प्रचण्डले आन्दोलन नछोड्नू भन्नुको अन्तर्य के ?


  • चैत्र २४, २०८१
  • 191 Views
पोखरेलको आक्रोश : शिक्षकसँग भएको सम्झौता कार्यान्वयन नगर्ने प्रचण्डले आन्दोलन नछोड्नू भन्नुको अन्तर्य के ? image

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रको असहयोगले शिक्षा ऐन जारी हुन नसकेको बताएका छन्। प्रचण्ड प्रधानमन्त्री भएको समयमा सम्झौता गरेअनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत नगरेकाले अहिले शिक्षकले आन्दोलन गर्नुपरेको पोखरेलले दाबी गरेका हुन्।आइतबार एक कार्यक्रममा माग पूरा नहुन्जेलसम्म आन्दोलन नछोड्न प्रचण्डले शिक्षकहरूलाई अपिल गरेपछि जवाफ दिँदै महासचिव पोखरेलले कानून निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्दछ थाह नहुने कुरा हुन्छ भन्दै टिप्पणी गरेका छन्।

‘पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुलाई आन्दोलन नछोड्न भनेर उर्दि जारी गर्नु भएछ। कानुन निर्माणका लागि विधि र प्रक्रिया आवश्यक पर्दछ भन्ने कुरा पटक पटक प्रधानमन्त्री भएको प्रचण्डजीलाई थाह नहुने कुरै भएन। के सडकबाट विधि र प्रक्रियाबिनै कानुन निर्माण गर्न सम्भव छ र रु ’ उनले भने, ‘विगतमा शिक्षकसँग संझौता गरेर त्यसको कार्यान्वयनमा उदासिनता देखाउने प्रचण्डजीको नेतृत्वको सरकार नै थियो। उहाँ प्रधानमन्त्री भएको समयमा सम्झौता अनुसार विधेयकमा नै सुधार गरेर प्रस्तुत गरेको भए १८०० भन्दा बढि संशोधन प्रस्तावको जटिलतामा शिक्षा समिति पर्ने थिएन।’

सत्तापक्षले हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेपनि माओवादीले सहयोग नगरेको उनले प्रष्ट पारे। ‘संविधान कार्यान्वयसंग सम्बन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै यति बेला संयन्त्र गठन गरेर काम थालेको अवस्था छ। सत्तापक्षले संयन्त्र बनाएर छोटो प्रक्रिया अबलम्वन गरेरै हिउँदे अधिवेशनबाट विधेयक पारित गर्न प्रयास गरेको थियो। उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरु सडकमा आउनुपर्ने अवस्था नै रहदैनथ्यो’ पोखरेलले फेसबुकमार्फत भनेका छन्।

उनले माओवादी नेतृत्वको कारणले समेत संसदीय समितिले उपसमिति गठन गर्न तीन महिना भन्दा बढी समय लागेको जानकारी गराए। ‘उपसमिति गठन भएर छलफलसमेत सुरु नभएको अवस्थामा विधेयक पास गर्ने बाटो प्रचण्डजी देखेको भए प्रस्ताव राख्नु उचित हुन्थ्यो।’ उनले भने, ‘हिउँदे अधिवेशन अन्त्य भएको र विधेयक विचाराधिन रहेको अवस्थामा शिक्षक नेताहरूले माग गरे झैँ अध्यादेश जारी गर्न मिल्ने अवस्था देखिँदैन। प्रमुख दलहरुको सहयोग रहने हो भने बजेट अधिवेशन अगावै सहमति जुटाएर बजेट अधिवेशनको सुरुमै कानुन जारी गर्न सकिन्छ। त्यसका लागि सत्तापक्ष तयारै देखिन्छ।’

उनले प्रचण्डले समाधानको प्रस्ताव नराखी शिक्षकहरूलाई आन्दोलन नछोड्न भन्नुको अन्तर्य के होला रु भन्दै शंका व्यक्त गरेका छन्।नेपाल शिक्षक महासंघको अगुवाइमा विद्यालय शिक्षा विधेयक अघि नबढाएको र पुराना मागमा सरकारले बेवास्ता गरेको भन्दै बुधबारबाट शिक्षकहरूले आन्दोलन थालेका हुन्।अन्नपूर्ण पोस्टबाट…

 


Thali Mobile Pvt.Ltd.