भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै, वैरागी बन्ने पक्का


  • आश्विन ६, २०७७
  • 547 Views
प्रक्रिया मिचेर नयाँ मुख्य सचिव बनाइँदै, वैरागी बन्ने पक्का image

काठमाडौं । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो ।

सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि अन्ततः परराष्ट्र सचिव वैरागीले बाजी मार्ने निश्चित छ । मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको छ । मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिँदै छ ।

तर उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । वैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । मुख्य सचिव रेग्मीले राजीनामा नदिएको अवस्थामा वैरागीले २२ असोजमा अवकाश पाउनेछन् । नियमित प्रक्रियाबाट मुख्य सचिव परिवर्तन हुँदा प्रशासन सेवाकै सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिवको पहिलो दाबेदारका रूपमा रहन्छन् ।

तर, मुख्य सचिव रेग्मीले आफ्नो पदावधि सकिनुभन्दा झन्डै तीन साताअघि नै राजीनामा दिने गरी सहमति जुटेकाले घिमिरेको मुख्य सचिव हुने बाटो करिब करिब बन्द हुने भएको छ ।वैरागीलाई सहज हुने गरी १५ देखि २० असोजसम्म मुख्य सचिव रेग्मीले राजीनामा दिने निश्चित जस्तै भएको छ । मुख्य सचिवको दौडमा परराष्ट्रसचिव वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग सचिव चन्दकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसूदन अधिकारी लगायत छन् । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.