भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी


  • श्रावण ३, २०७९
  • 429 Views
प्रत्यक्षतर्फको १६५ मध्ये ९० सिटमा कांग्रेसको दाबी image

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहजस्तै आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पनि सत्ता गठबन्धन आबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।

ललितपुर सानेपास्थित पार्टी केन्द्रीय कार्यालय सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकमार्फत कांग्रेसले गठबन्धनआबद्ध दलसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

‘संविधान रक्षा र लोकतन्त्र थप सुदृढीकरणका गर्दै जनताको समुन्नतिको सपना स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समिति बैठक सत्ता गठबन्धनमा रहेका दलसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढिने’ कांग्रेस निर्णयमा उल्लेख छ ।

एक केन्द्रीय सदस्यले ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी गठबन्धन आबद्ध दलबीच तालमेल प्रयास गर्नेगरी’ निर्णय गरिएको छ । ‘प्रतिनिधि सभा निर्वाचन क्षेत्रअन्तर्गत १ सय ६५ सिटमा कम्तीमा ९० सिट कांग्रेसले लिनेगरी चुनावी तालमेल गर्नेगरी नेताबाट धारणा आयो,’ बैठकपछि ती केन्द्रीय सदस्यले राजधानीसँग भने, ‘सो विषयमा अब गठबन्धनमा छलफल हुनेछ ।’

कांग्रेसले निर्णयमा तालमेल गर्दा संविधान कार्यान्वयन, आर्थिक सामाजिक रूपान्तरण र वैदेशिक सम्बन्धलगायत विषयमा ‘न्यूनतम साझा धारणा’ निर्माण गर्नुपर्ने उल्लेख गरेको छ ।

‘तालमेल गरिरहँदा कांग्रेसको मुख्य नेतृत्वदायी भूमिका रहेको यथार्थ, सांगठनिक वस्तुस्थिति तथा पार्टी पंक्ति एवं शुभेच्छुकको भावना दृष्टिगत गर्दै गठबन्धनमा रहेका दलसँग संवादमार्फत निष्कर्षमा पुग्ने,’ कांग्रेस निर्णयमा उल्लेख छ ।

गत २७ असारबाट सुरु बैठकले उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजक पूर्णबहादुर खड्काद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन र पार्टी प्रवक्ता एवं स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति संयोजक डा. प्रकाशशरण महतद्वारा प्रस्तुत स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन अनुमोदनसमेत गरेको छ ।

तीन समिति गठन
कांग्रेसले बैठकमार्फत सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति गरी तीनवटा समिति गठन गरेको छ ।

बैठकले महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको संयोजकत्वमा केन्द्रीय अनुशासन समिति, केन्द्रीय सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा केन्द्रीय लेखा समिति गठन गर्ने निर्णय गरेको हो ।

सभापति शेरबहादुर देउवाले बैठकमा यी तीनै समिति संयोजक प्रस्ताव गरेका थिए । ‘आवश्यक परामर्श गरी समितिलाई पूर्णता प्रदान गर्ने’ कांग्रेसले निर्णयमा भनेको छ ।

बैठकले पार्टीको आगामी ‘नीति महाधिवेशन’ सम्बन्धमा आवश्यक तयारी गरी केन्द्रीय कार्यालयले केन्द्रीय कार्यसमितिको आगामी बैठकमा प्रस्ताव गर्नेसमेत निर्णय गरेको छ ।

त्यस्तै, स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी केन्द्रले लागू गर्ने निर्णयसमेत कांग्रेसले केन्द्रीय समितिबाट गरेको छ ।

राजधानी दैनिकबाट..

 


Thali Mobile Pvt.Ltd.