भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रत्यक्षतर्फ १ करोड ६७ लाख मतपत्र छपाइ


  • कार्तिक ७, २०७९
  • 296 Views
प्रत्यक्षतर्फ १ करोड ६७ लाख मतपत्र छपाइ image

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली ९प्रत्यक्ष०तर्फ करोड ६७ लाख मतपत्रको छपाइ सकिएको छ । आयोगले आइतबारसम्म प्रत्यक्ष निर्वाचनतर्फका करोड ६७ लाख मतपत्र छापिएको बताएको हो । आयोगले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि २ करोड र प्रदेश सभाका लागि २ करोड गरी कुल ४ करोड तथा केही जगेडा मतपत्र छापिने बताउँदै आइरहेको छ । आयोगका सहायक प्रवक्ता कमल भट्टराईले प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि ८७ लाख १ हजार र प्रदेशसभाको ८० लाख ५७ हजार ५ सय मतपत्र छपाइ सम्पन्न भएको जानकारी दिए ।

समानुपातिकतर्फ ६८ जिल्लामा मतपत्र ढुवानी

समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब ४ करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । समानुपातिक प्रणालीतर्फको मतपत्र ६८ जिल्लामा ढुवानीसमेत भइसकेको छ भने नौ जिल्लामा मात्र ढुवानी हुन बाँकी छ । हालसम्म प्रदेशसभाका लागि १ करोड ९६ लाख १७ हजार तथा प्रतिनिधिसभातर्फ १ करोड ९३ लाख १३ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको हो । अब प्रदेशसभाका ५ लाख ६८ हजार तथा प्रतिनिधिसभाको ५ लाख ५८ हजार मतपत्र ढुवानी हुन बाँकी छ ।

आगामी निर्वाचनका लागि कुल १ करोड ७९ लाख ८५ हजार ७० मतदाता कायम भएका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चार मतपत्रमा भोट हाल्नुपर्नेछ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभाका लागि फरकफरक दुई तथा समानुपातिकतर्फ दुवै निर्वाचनका लागि अलगअलग मतपत्र हुनेछ । राजधानी दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.