DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीको चेतावनी : अदालतलाई धम्काउने कार्य अस्वीकार्य


  • पुष २६, २०७७
  • 727 Views
प्रधानमन्त्रीको चेतावनी : अदालतलाई धम्काउने कार्य अस्वीकार्य image

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानित सर्वोच्च अदालतलाई धम्की दिने र प्रभावित गर्न खोज्नु लोकतन्त्र विरोधी कार्य भएकाले त्यस्तो कार्य अस्वीकार्य हुने बताएका छन् । प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रमा अदालतमाथि कसैले पनि कुनै प्रकारको धम्की दिन नसक्ने स्पष्ट पारेका छन् । युवा संघ नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की दिनेले नै लोकतन्त्रको चर्का कुरा गरेर आडम्बर प्रदर्शन गरेको बताए ।

ओलीले चार जना पूर्व प्रधानन्यायाधीशले सर्वोच्च अदालतलाई धम्क्याउने र गलत ढंगले प्रभावित पार्न खोजेको बताए । अदालतलाई धम्क्याएर सडकबाट फैसला दिन खोज्ने प्रवृत्ति स्वीकार्य नभएको उनले बताए । प्रधानमन्त्री ओलीले हण्डीबाट चलेका बिकाउ व्यक्तिले दिने अभिव्यक्तिले खासै अर्थ नराख्ने र त्यस्तो प्रवृत्तिको सबैले विरोध गर्नुपर्ने बताए । ‘कुन संविधानले के भन्यो रु हण्डीबाट चलेका बिकाउ व्यक्तिबाट न्यायालय प्रभावित हुँदैन । न्यायालयले संसद् पुनस्र्थापना गर्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले संविधानमा व्यवस्था भएको संवैधानिक इजलासलाई नमान्ने भन्दै केही अजासु ९अति जान्ने सुन्ने ०हरूले अरू इजलास माग गर्न थालेको र त्यस्तो माग संविधान र कानुनविपरीत भएको बताए ।‘यस्तो गहन विषयको निक्र्योल संवैधानिक इजलासबाटै टुंगो लगाउने भनेर संविधानमा स्पष्ट व्यवस्था भए पनि केही केही अजासुले संविधानविपरीतको माग राखेका छन् । उनीहरू लोकतन्त्र र गणतन्त्र विरोधी हुन्,’ प्रधानमन्त्री ओलीले भने ।

ओलीले भने, ‘केही अजासु निस्केर संवैधानिक इजलासले हुँदैन भन्दै छन् । कुन संविधानले भन्यो रु उनीहरूले जे भन्यो, त्यही फैसला हुनुपर्ने रु उनीहरूले जुन इजलास माग्यो, त्यही हुने हो भने किन चाहियो अदालत रु’ प्रधानमन्त्री ओलीले बहुमतप्राप्त सरकारको प्रधानमन्त्रीको हैसियतले प्रतिनिधिसभा विघटन गरिएको स्पष्ट पार्दै अब प्रतिनिधिसभा पुनस्र्थापना नहुने बताए । उनले १७ र २७ वैशाखमा निर्वाचन हुने बताए ।

–अजासुहरू संवैधानिक इजलासमाथि प्रश्न गरिरहेका छन्
–लोकतन्त्रवादीहरू चुनावबाट कहिल्यै भाग्दैनन्
–हण्डीबाट चल्नेहरूले लोकतन्त्रको पाठ सिकाउन मिल्दैन
–लोकतन्त्रकै लागि १४ वर्ष जेलनेल भोगेको हुँ
–लोकतन्त्र र गणतन्त्रविरोधी तिलमिलाउन थालेका छन्
–फोहोरी राजनीति अन्त्य हुने
–निर्वाचनको मिति एक दिन यताउता हुँदैन

‘निर्वाचनमा जाँदा लोकतन्त्र विरोधी भएको आरोप लगाउनेहरू निर्वाचनमा हारिने डरले सहभागी हुन खोजिरहेका छैनन्, उनीहरू चुनावबाट डराउने पानीमरुवा हुन्,’ प्रधानमन्त्री ओलीले भने । लोकतन्त्रका लागि लड्दा १४ वर्ष जेलनेल भोगेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र राष्ट्रियता जोगाउन आफू अनवरत लागिरहने प्रतिबद्धता जनाए । ‘केपी ओली धेरै पटक मर्दै र बाँच्दै आइरहेको लोकतन्त्र जोगाएर समुन्नत र स्वाभिमानी राष्ट्र बनाउनकै लागि हो,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले लोकतन्त्रवादी एकजुट भएर अघि बढिरहँदा लोकतन्त्र विरोधीहरू तिलमिलाउन पुगेको बताए ।

सरकारलाई कामै गर्न नदिएर देशलाई फोहोरी राजनीतिमा लैजाने र संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्रलाई परास्त गर्न आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको उनको भनाइ थियो । प्रम ओलीले युवा र आम कार्यकर्ताले गाउँगाउँमा गएर संगठन विस्तार गर्दै निर्वाचनको महाअभियान थाल्न ढिलाइ गर्न नहुने बताए । उनले आफूले संविधानको धारा ७६ को उपधार ७ अनुसार नै प्रतिनिधिसभा विघटन गरेकाले सो कार्य संवैधानिक भएको दाबी गरे ।

पदलोलुप, राष्ट्रघातीहरूले फैलाएको भ्रमलाई एक एक गरेर खण्डन गर्न उनले आम कार्यकर्तालाई आग्रह गरे । उनले आफूले हिमाल, पहाड र तराईका सबै जनतालाई राष्ट्रिय एकतामा बाँध्ने कार्य गर्दा राष्ट्रको भलो नचाहनेहरूलाई मन नपरेको बताए । कार्यक्रममा युवा संघका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले भ्रष्टचारीलाई खोजी खोजी कारबाही थालेकाले भ्रष्टाचारीको सातो उडेको बताए । बस्नेतले सबै भ्रष्टाचारी कारबाहीमा परिने डरले एकजुट भएर सरकारलाई हटाएर अस्थिरता सिर्जना गर्ने कार्यमा लागे पनि उनीहरूको सो कार्य सफल नभएको बताए ।

उनले ओलीको नेतृत्वमा मात्रै स्वाभिमान र समुन्नत नेपाल निर्माण हुने दाबी गरे । युवा नेता बस्नेतले आगामी निर्वाचनपछि पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनालहरू मन्त्रिपरिष्दबाट राष्ट्रिय सभामा मनोनीत हुन पाऊँ भन्दै ओलीसमक्ष निवेदन बोकेर आउने दाबी गरे । युवा संघका इन्चार्जसमेत रहेका पूर्वमन्त्री बस्नेतले दाहालका लागि अब चुनाव लड्ने निर्वाचन क्षेत्रसमेत नहुने बताए । उनले माधव नेपाल रौतहटबाट लखेटिएको र काठमाडौंमा कुनै ‘चान्स’ नभएको टिप्पणी गरे ।

‘प्रचण्डलाई अब चुनाव जित्ने आँट छैन त्यसैले चुनावको विरोध गर्दै छन् । रोल्पा र काठमाडौंमा चान्स छैन । सिराहामा लीलानाथ श्रेष्ठको भोट लुटेको हामीले बिर्सेका छैनौं । रुकुममा यदु गौतमको घाँटी रेटेको हामीले बिर्सेका छैनौं,’ बस्नेतले भने, ‘अब चुनावपछि उहाँहरू राष्ट्रिय सभामा मनोनीत हुन पाऊँ र प्रधानमन्त्री बन्न संविधान संशोधन गरिपाऊँ भन्दै निवेदन बोकेर आउनुहुनेछ ।’ बस्नेतले दाहाल भित्ते राष्ट्रपतिबाट सडकछाप प्रधानमन्त्री बन्न पुगेको टिप्पणी गरेका छन् ।

पहिले राष्ट्रपति भनेर चुनाव लड्दा भित्ताको पोस्टरमा सीमित भएको भन्दै उनले प्रधानमन्त्री बन्न पार्टी फुटाउँदा अब सडकमा पुगेको उनले बताए । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले पनि विकास र समृद्धिका लागि ओलीले उल्लेख्य भूमिका खेलेको बताएका थिए । भेला सुरु हुनुभन्दा अघि युवा संघ प्रदेश २ कमिटीले ‘धोती’ जुलुस प्रदर्शन गरेको थियो । प्रधानमन्त्री ओलीको समर्थनमा गरिएको धोती जुलुस प्रदर्शनमा सहभागीले धोती, कुर्ता र गम्छा लगाएका थिए । उनीहरूले प्रधानमन्त्री ओलीको समर्थनमा नारासमेत लगाएका थिए । साथै उनीहरूले प्रधानमन्त्री ओलीलाई तराई केन्द्रित कार्यक्रममा सहभागी हुन निम्तोसमेत दिएका थिए । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.