भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्रीलाई राज्य चिनाउदै महिला


  • चैत्र ९, २०७९
  • 293 Views
प्रधानमन्त्रीलाई राज्य चिनाउदै महिला image

बारा । सुदखोरमात्र होइन, प्रहरी, प्रशासन, अड्डा अदालतबाट समेत लखेटिएका महिला बर्दिवासबाट हिँडेको आठौं दिन हेटौंडा आइपुगेका छन्, तर नागरिक किन पैदल आउँदै छन्, दाहाल सरकारलाई वास्तै छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत पाएकै दिन सोमबार संसद् भवन परिसरमा पत्रकारहरूसँग भन्दै थिए, ‘अब वैशाख पहिलो सातासम्म भारत भ्रमणमा जान्छु ।’ भारतले अहिलेसम्म औपचारिक निम्तो दिएको छैन ।

निम्तोबिना भारतको पाहुना बन्न आतुर दाहाल स्वयम्लाई भेट्न महिलाहरू सिंहदरबार आउँदै छन्, त्यो पनि राजमार्गमा हिँडेर । तर, उनीहरूको माग के हो ? प्रधानमन्त्रीलाई भेट्न आफ्ना नागरिक किन पैदलै आउँदै छन् ? सरकारलाई वास्तै छैन । प्रहरी प्रशासनबाट संरक्षित मिटरब्याजी सुदखोरले विपन्न सर्वसाधारणको उठिबास लगाएका छन् भनेर राज्यले विगतमा गरेका अनुसन्धानले नै पुष्टि गरेका छन् ।

मिटरब्याजपीडितले विगतमा जस्तै यस पटक पनि ठाउँठाउँमा आन्दोलन गरिरहेका छन् । तर, सरकारले सुन्दै नसुनेपछि पूर्वी मधेशका पीडितहरू बर्दिबासमा जम्मा भएर काठमाडौंको मार्चमा छन् । यसअघि आफ्ना सरोकार सुनाउन उनीहरू पछिल्लो ९ महिनादेखि स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी र मधेश सरकारका अड्डाहरूमा धाइरहेका थिए ।यो समाचार कान्तिपुरमा छापिएको छ ।

 


Thali Mobile Pvt.Ltd.