DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा के भयो ?


  • भाद्र २०, २०८०
  • 221 Views
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको भेटमा के भयो ? image

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीबिच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेटघाट भएको छ ।

टिआरसीसहित विचाराधीन विधेयकका विषयमा छलफल

प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीका बिचमा संसदमा विचाराधीन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ९टिआरसी० ऐनसम्बन्धी विधेयकलाई सत्ता पक्ष र प्रतिपक्ष मिलेर अघि बढाउने विषयमा छलफल भएको छ ।

यसैगरी, विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथि छलफल गर्दै संसदबाट पारित गर्ने विषयमा समेत प्रचण्ड र ओलीबिच छलफल भएको छ । यी विधेयकका साथै पछिल्लो राजनीतिक एवं समसामयिक विषय छलफल गर्दै आपसी सहमति एवं सहकार्यबाटै अगाडि बढ्ने ’दयगतमा दुई नेता सहमत भएका छन् ।

‘प्रधानमन्त्रीज्यूले समसामयिक विषयमा छलफल गर्न एमाले अध्यक्ष ओलीजीलाई बोलाउनुभएको थियो, दुवै जनाले टिआरसीसहितका संसदमा विचाराधीन विधेयकका ’दयगतमा छलफल गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले भने, ‘दुवैका बिचमा मिलेरै अगाडि बढ्ने भन्ने सहमति भएको छ ।’

गत मंगलबारको प्रतिनिधिसभा बैठकमा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रस्ताव पेस गरेका थिए ।

सभामुख देवराज घिमिरेले सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न लागेपछि गणपूरक संख्या नपुगेको भन्दै सांसदहरू सुमना श्रेष्ठ, दामोदर पौडेल र ठाकुर गैरेले नियमापत्ति जनाएका थिए । गणपूरक संख्यामाथि प्रश्न गर्दै सांसदहरूले निर्णयका लागि आवश्यक बहुमत सांसदको संख्या नभएकाले विधेयकको विषयलाई अघि बढाउन नमिल्ने भन्दै उनीहरूले सांसदको गणनाको माग गरेका थिए ।

त्यसपछि सभामुख घिमिरेले बैठकमा उपस्थित सदस्यको संख्या यकीन गर्न निर्देशन दिएका थिए । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्न प्रतिनिधिसभामा कायम रहेका सदस्यको एकचौथाइ अर्थात् ६९ हुनुपर्नेमा गत मंगलबार ५९ जना सांसद मात्रै कायम भएपछि सो दिनको बैठक स्थगित भएको थियो ।

विभिन्न ७९ वटा कानुनलाई संशोधन गर्नेगरी तयार पारिएको यो विधेयक गत २६ वैशाखमा प्रतिनिधिसभामा दर्ता भएको थियो । ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा सांसदहरू बैठक छोडेर हिँडेपछि गणपूरक संख्या नपुगेको हो । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.