भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्रवासी नेपालीलाई मताधिकारका लागि कानुनको मस्यौदा बनाउँदै आयोग


  • असार ८, २०७९
  • 384 Views
प्रवासी नेपालीलाई मताधिकारका लागि कानुनको मस्यौदा बनाउँदै आयोग image

काठमाडाैं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मताधिकार व्यवस्था गर्न ऐनको मस्यौदामाथि काम थालेको छ । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यस विषयमा आयोगलाई ध्यानाकर्षण गराउने क्रममा आयोगले यस्तो जानकारी दिएको हो ।

मंगलबार महामन्त्रीद्वय शर्मा र थापाले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर यसबारे ध्यानाकर्षण गराएका थिए । जवाफमा प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोग यसप्रति सकारात्मक रहेको र ऐनको मस्यौदामा काम भइरहेको जानकारी गराएका थिए ।

महामन्त्री शर्माले प्रवासी नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा आयोगबाट सकारात्मक जवाफ आएको बताए । उनले कांग्रेसले विगतमा उठाउँदै आएको मुद्दालाई निर्णयमा पुग्ने गरी छलफल थालेको बताए । उनले यसबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि जानकारी गराएको र यसमा सकारात्मक रहेको जवाफ आएको सुनाए ।

‘विगतमा उठाउँदै आएको मुद्दा अलि गम्भीर रूपमा निर्णयमा पु¥याउने गरी छलफलमा जुटेका छौँ । प्रधानमन्त्रीले पनि यसलाई सकारात्मक रूपमा लिनुभएको छ,’ शर्माले भने, ‘प्रमुख निर्वाचन आयुक्तबाट पनि सकारात्मक जवाफ पाएका छौँ । आयोगले आन्तरिक रूपमा तयार भइरहेको कानुनलाई अघि बढाउन लागिएको जानकारी पायौँ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले सर्वोच्च अदालतको आदेशअनुसार ऐनको मस्यौदा तयार गरिरहेको भन्दै संसद्मा पेस गर्न र पास गर्ने वातावरण मिलाउन कांग्रेस नेतालाई आग्रह गरेका थिए । ‘प्रवासी नेपालीलाई मताधिकार व्यवस्थाका लागि कानुनी व्यवस्थामा सुधार गर्नुपर्छ । अब बन्ने कानुनमा आयोगले यी विषय समेटेर प्रस्ताव गर्छ,’ उनले भने, ‘सर्वोच्च अदालतले आयोग, सरकार र संसद्लाई आदेश गरेको हो । ऐन पारित गर्न दलहरूको राजनीतिक समझदारी आवश्यक पर्छ । संसद्मा राजनीतिक दलहरूसँग समझदारी गरी पेस गर्न र पास गर्ने वातावरण मिलाउनुपर्छ ।’

त्यस्तै, महामन्त्री थापाले आयोगको अपेक्षाअनुसार निर्वाचन ऐन संशोधनको विषय संसद्मा पेस गर्न र पास गर्न राजनीतिक समझदारी बनाउन आफूहरू भूमिका खेल्न तयार रहेको बताए । ‘कानुनमा भएको व्यवस्था बदल्नुपर्छ । त्योसँगै मतदान गर्न पाउने अवस्था बनाउन सकिन्छ । ऐनको विषय संसद्मा पेस गर्नेछौँ र त्यसका निम्ति राजनीतिक समझदारी कायम गरेर छिटो संसद्मा पारित गरेर पास गराउने कुरामा प्रमुख निर्वाचन आयुक्तले हाम्रो भूमिका अपेक्षा गर्नुभएको छ । जुन हामी गर्नेछौँ,’ उनले भने ।

महामन्त्री थापाले मतदाता नामावली संकलन र विवरण अद्यावधिक गर्ने क्रममा काठमाडौंमा चाप धेरै देखिएकाले व्यवस्थापनका लागि आग्रह गरेका थिए । उनले निर्वाचन आचारसंहिता र खर्चलाई पनि व्यावहारिक बनाउन आग्रह गरेका थिए ।

नयाँ पत्रिका दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.