भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

प्राचीन जोडी स्तुपा, धम्नीहवा


  • पुष २३, २०७९
  • 214 Views
प्राचीन जोडी स्तुपा, धम्नीहवा image

कपिलवस्तु । कपिलवस्तुको प्राचीन ऐतिहासिक स्थल तिलौराकोट नजिक अर्थात् ५ सय मिटरको दुरीमा बाणगंगा नदी किनारमा ऐतिहासिक स्थल धम्नीहवा अर्थात् तिलौरी रहेको छ । जसलाई स्थानीयहरूले तिलौरीको नामले चिन्ने यस स्थलको केही गहिरो भागमा जोडी स्तुपा रहेको छ। सँगै प्राचीन स्तुपा जोडी रहेको छ । यसको उत्खनन पुरातत्त्व विभागले सन् १९६८ र १९६९ का बिचमा गरेको हो। नेपाली पुरातत्त्वविद् वि। के।

रिजालले स्तूपहरु बुद्धका मातापिताहरुको स्मरणमा बनाइएको हुनसक्ने बताएका छन्। ठुलो स्तूपा ५२ फिट डायमिटर भएको गौतमबुध्दका पिता राजा शुद्धोधन र सानो स्तुपा २६ फिट डायमिटर भएको चाही गौतम बुद्धका माता रानी मायादेवीप्रति समर्पित गरिएको हुन सक्छ। टी। एन। मिश्रले ठुलो स्तूप सम्भवतः चौथो शताब्दीमा निर्माण गरिएको हुन सक्ने बताएका छन्। ठुलो स्तूप चार चरणमा निर्माण भएता पनि सानो स्तूप एकै चरणमा निर्माण गरिएको विश्वास गरिएको छ।

उत्तरी नगर परिसर र जोडी स्तूपले तिलौराकोट पुरातात्त्विक अवशेषहरू नगरको पर्खालभित्र मात्रै सीमित नभएको प्रस्ट पार्दछन्। उत्तरी नगर परिसरमा गरिएको जमिनको सतहभन्दा भित्रका पुरातात्त्विक वस्तुहरूको भूभौतिक सर्वेक्षणले पुरिएका संरचनाहरू देखाएको छ। तथापि उत्तरी स्तूप वरिपरिको क्षेत्रको धेरै भाग भने खाली रहेको देखिन्छ, यसले सम्भवतः स्मारकहरूको पवित्रतालाई प्रतिबिम्बित गर्दछ। गारखापत्र दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.