भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

फेवाताललाई पुरानै स्वरूपमा फर्काइँदै


  • फाल्गुन १०, २०७७
  • 845 Views
फेवाताललाई पुरानै स्वरूपमा फर्काइँदै image

पोखरा । फेवाताललाई पुरानै स्वरूपमा फर्काउन यतिवेला बाँध मर्मतको काम धमाधम चलिरहेको छ । तालको पानी एक मिटर घटाएर २५ माघदेखि मर्मत थालिएको हो । यसबीच नहर मर्मतको काम भने सकिएको छ । फागुनभरमा बाँध मर्मत सकेर पुनः पानी भर्न सुरु गरिने जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिए । उनका अनुसार ताललाई पुरानो स्वरूपमा फर्काउन मर्मत सकेपछि एक महिना लाग्नेछ । फेवा बाँधका चार गेटमध्ये दुईवटाको काम सकिएको र बाँकी दुईवटा गेट र केही बाँधको स्ट्रक्चरको मर्मत बाँकी छ ।

बाँध मर्मतका लागि एक करोड रुपैयाँ लाग्ने अनुमानसहित बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले फेवा नहरका लागि एक करोड र बाँध मर्मतका लागि एक करोड रुपैयाँ छुट्याएको छ । नहर मर्मतको काम भने सकिएको उनले जानकारी दिए ।०१७ सालमा फेवातालमा बाँध बाँध्न थालेर ०१९ मा पूरा भएको थियो । तर, ०३१ मा बाँध भत्कियो । सोही ठाउँमा ०३५ मा पुनः बाँध बनाइएको थियो । अहिले सो बाँधको मर्मत चलिरहेको छ ।

क्षेत्रफल र सीमांकन टुंगियो
फेवा बाँध निर्माणको काम गर्न पानीको सतह घटाइएकै वेला तालको सीमांकन तथा नक्सांकन समितिले यसको क्षेत्रफल र सीमांकन टुंग्याएको छ । यसरी टुंग्याएको सीमांकनसहितको प्रतिवेदन प्रधानमन्त्री केपी ओलीलाई बुझाएको छ ।
फेवातालको नयाँ क्षेत्रफल ११ हजार दुई सय ५५ रोपनी ९५।७२ वर्ग किलोमिटर० रहेको भन्दै सीमांकन समितिले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो । सीमांकन तथा नक्सांकन समिति संयोजक पुण्य पौडेलले ११ हजार दुई सय ५५ रोपनी क्षेत्रफल कायम गरेको प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको र प्रधानमन्त्री ओलीले यसलाई सकारात्मक रूपमा लिँदै कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएको बताए ।

यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने संयोजकत्वमा गठित आयोगले गरेको अध्ययनअनुसार फेवातालको क्षेत्रफल १२ हजार आठ सय ७४ रोपनी ९६।५४ वर्ग किलोमिटर० तोकिएको थियो । ०६९ जेठमा तत्कालीन प्रधानमन्त्री डा। बाबुराम भट्टराईलाई त्यो प्रतिवेदन बुझाइएको थियो । लामिछानेका अनुसार १२ हजार आठ सय ७४ रोपनीमध्ये नौ हजार नौ सय ५५ रोपनी भने पानीले ढाकेको क्षेत्रफल थियो । ०३८ मा युएनडिपीले गरेको अध्ययनले फेवातालको क्षेत्रफल ११ हजार चार सय रोपनी ९५।८ वर्गकिलोमिटर० तोकेको थियो ।

अहिले मापन गरेको क्षेत्रफल ०३८ को भन्दा पनि थोरै छ । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, सीमांकन समितिका संयोजक पौडेल, सदस्यसचिव खिमलाल गौतमसहितका पदाधिकारीले प्रधानमन्त्री ओलीसमक्ष प्रतिवेदन पेस गरेका थिए । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोक्दै आइएको थियो । तालको क्षेत्रफल ०१८ मा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल ०३१ मा ६, ०३८ मा ५।८ र ०६९ मा ५।०६ वर्गकिलोमिटर ९पानीको मात्रा० उल्लेख थियो ।

समिति–महानगरले संयुक्त काम गर्दै
प्रदेश सरकारले समिति बनाएपछि पोखरा महानगरपालिकाले सो समितिसँग मिलेर तालको गहिराइ बढाउने विषयमा काम गर्ने भएको छ । त्यसबारे छलफल चलिरहेको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले नयाँ पत्रिकालाई जानकारी दिए । बाँध बाँध्न पानीको सतह घटाएका वेला यसमा जम्मा भएको अनावश्यक कुरा हटाउने उपयुक्त मौका रहेको भन्दै यस विषयमा छिटै टुंगोमा पुगिने उनले बताए ।

तालभित्रका फोहोर व्यवस्थापन गरिने
फेवा बाँध निर्माण गर्न तालको पानीको सतह घटाइएको वेला तालभित्र थुप्रिएका फोहोर व्यवस्थापनको काम पनि गरिने भएको छ । गण्डकी प्रदेश सरकारले फेवातालमा थुप्रिएको माटो, ढुंगा, गिट्टी, बालुवालगायत फोहोरमैला व्यवस्थापन गर्न सात सदस्यीय समिति बनाएको छ । समितिको संयोजकमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको वन, वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख रामकाजी श्रेष्ठ छन् ।

सदस्यहरूमा ताल प्राधिकरण गण्डकी प्रदेशका निर्देशक डा। अनुप गुरुङ, पोखरा महानगरपालिका सहरी योजना आयोगका सदस्य सरोज कोइराला, डिभिजन वन कार्यालय कास्की प्रमुख केदार बराल, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय कास्की प्रमुख इन्जिनियर किरण आचार्य, बृहत् जलाधार व्यवस्थापन केन्द्र गण्डकी प्रमुख रामसिंह थापा, जलाधार व्यवस्थापन कार्यालय तनहुँ प्रमुख कृष्णप्रसाद घिमिरे छन् । नयाँ पत्रिका दैनिकबाट……

 


Thali Mobile Pvt.Ltd.