भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

‘फ्रन्टलाइनर्स’ को सम्मानमा बनाइएको चित्र महानगरले मेट्यो


  • असार १८, २०७८
  • 531 Views
‘फ्रन्टलाइनर्स’ को सम्मानमा बनाइएको चित्र महानगरले मेट्यो image

काठमाडौं । ‘वी वील राइज अगेन’ अर्थात् हामी फेरि उठ्नेछौँ नारासहित कोरोना महामारीका वेला अग्रपंक्तिमा रहेर काम गर्नेहरूको सम्मानमा सडकका भित्तामा कोरिएको रंगिन चित्र काठमाडौं महानगरपालिकाले मेटाएको छ । कलाकारहरू सांगे थिन्ले लामा, सुमिना श्रेष्ठ, किपा शेर्पा, विशाल महर्जनले बनाएको चित्र बुधबार महानगरले मेटाएको हो । रत्नपार्कको आकाशे पुलको भित्तामा बनाएको चित्र गैरकानुनी भएकाले मेटाएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘महानगरपालिकाले २०५८ देखि नै वाल पेन्टिङ प्रतिबन्ध नै लगाएको छ । पछिल्लो अवस्थामा त झन् सर्वोच्च अदालतले पनि वाल पेन्टिङ, होडिङ बोर्ड हटाउन आदेश नै दिएको थियो,’ उनले भने, ‘महानगरले जे निर्णय गरेको छ, सोहीअनुसार चित्र हटाएका हौँ ।’ महामारीको अग्रपंक्तिमा खटिएका चिकित्सक, नर्स, सुरक्षाकर्मीको सम्मानमा बनाइएको सन्देशमूलक चित्र महानगरले हटाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । चित्रका परिकल्पनाकार डुजाङ शेर्पा प्रक्रियागत रूपमा चित्र बनाउँदा पनि महानगरले हटाउनु दुखद भएको बताउँछन् । ‘यो दुखद कुरा हो ।

यो चित्र हटेपछि राम्रो काम गर्नु पाप रहेछ भन्ने बुझेका छौँ,’ उनले भने, ‘यो चित्र बनाउनुमा हाम्रो कुनै स्वार्थ छैन । हामीले सबै कागजी प्रक्रिया पुर्‍याएर यो काम सुरु गरेका थियौँ । सुरुमा हामीले वडाध्यक्षबाट सिफारिस लिएर आयौँ । त्यो सिफारिस हामीले यहाँका ट्राफिक प्रहरीलाई देखायौँ । हामीलाई उहाँहरूले पनि काम गर्न प्रेरित गर्नुभयो ।’ कोरोना महामारीका वेला अग्रपंक्तिमा काम गर्नेहरूप्रति सम्मानका लागि आफूहरूले चित्र बनाएको शेर्पाले बताए । नयाँ पत्रिका दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.