मुख्य बुँदा
नेपालमा २६ भन्दा बढी सामाजिक सञ्जालले अझै सूचीकरण नगरेको
सूचीकृत नभएका सञ्जाल बन्द गर्ने सरकारी निर्णय
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट मात्र सूचीकृत
टेलिग्राम र ग्लोबल लिङ्क दर्ता प्रक्रियामा
सूचीकरण हुँदा प्रयोगकर्ता, कम्पनी र सरकार सबैलाई फाइदा
परासी, २० भाद्र । केरा बिक्री गरेर नजिकिँदै गरेको चाडपर्व मनाउने सोचमा रहेकी नवलपरासी सुस्ता गाउँपालिका–४ नर्सहीकी धनमाया घले यतिबेला निराश छिन् । धनमायाले डेढ बिघामा लगाएको केरा बिक्रीका लागि तयार छन् तर किन्नका लागि व्यापारीहरू आएका छैनन् ।
व्यवसायी नआएपछि बजार पठाउँदासमेत बिक्री नभएपछि अहिले धनमायालाई नजिकिएका चाडपर्व कसरी मनाउने भन्ने पिरलोले सताउन थालेको छ । राम्रै आम्दानी देखेर ६ कठ्ठा आफ्नोसहित १ बिघा जग्गा भाडामा लिएर केरा खेती गरेकी नर्सहीकै चोकमाया घलेको अवस्था पनि त्यस्तै छ ।
चोकमायाले गत वर्ष सोही खेतबाट १० लाख रुपैयाँको केरा बिक्री गरेकी थिइन् । अहिले भने ४० हजार रुपैयाँको मात्र बिक्री भएको छ । बाँकी केरा खेतमै कुहिन थालेका छन् । केरा बिक्री नभएपछि नजिकिँदै गरेको चाडपर्व त परै जाओस् जग्गा भाडा र खेती लगाउँदा लिएको ऋण कसरी तिर्ने भन्नेमा उनलाई पिरलोको छ ।
धनमाया र चोकमाया मात्र होइन, जिल्लाका केरा पकेट क्षेत्रका किसानहरू यतिबेला खेती गर्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । जिल्लाको सुस्ता र प्रतापपुर गाउँपालिका केराको पकेट क्षेत्र हो । त्यसबाहेक सरावल र विनयी त्रिवेणी गाउँपालिकामा पनि व्यावसायीक रूपमा किसानहरूले केरा खेती गर्दै आएका छन् ।
भदौदेखि मंसिरसम्म केरा बिक्री गर्ने प्रमुख समय हो । यही समयमा भारतबाट आउने केराका कारण नेपाली किसान मर्कामा परेका हुन् । जिल्लामा लगाएको करडौंका केराहरू अहिले बोटमै कुहेर खस्न थालेका छन् । यसले किसानहरू चिन्तित मात्र बनेका छैनन्, उनीहरू क्रणमै डुब्न थालेका पनि छन् । भारतबाट आउने केरालाई रोक्न पटकपटक माग गर्दासमेत सरकारले वास्ता नगरेपछि नेपाली किसानहरूका केरा बोटमै कुहिएर खस्न थालेका हुन् ।
पहिला खेतमै आएर केरा लैजाने व्यापारीहरू अहिले पटकपटक बोलाउँदा समेत आउन छाडेको किसानहरूको गुनासो छ । ‘भारतबाट आउने केरा ल्याएर यही पुर्याइदिने गरेका छन् । नेपाली केरा महँगो भयो भन्दै लिन आउन मान्दैनन् ।’ प्रतापपुर–६ का किसान मोतीलाल कोइरीले सुनाए । ६ बिघामा केरा लगाएका मोतीलालले गत वर्ष ४० लाख रुपैयाँको केरा बेचेका थिए ।
अहिले जम्मा ३ लाख रुपैयाँको हाराहारीमा मात्र बिक्री भएको उनले बताए । ‘अहिले चौपट भयो । केरा जतिसबै बोटमा पाकेर खस्न थाले । बिक्री हुने छाँट छैन । बिउबिजन र मलखादको पैसा कसरी तिर्ने हो समस्या भयो ।’ मोतीलालले दुःखेसो पोखे ।
पहिला ५० रुपैयाँ दर्जनमा बेचेको केरा अहिले २५ रुपैयाँमा लिन बोलाउँदा समेत आउने नगरेको उनको गुनासो छ । ‘यो सबै भारतीय केराले गर्दा हामी मारमा पर्यौं । सरकारले तत्काल रोक लगाउनुपर्छ,’ उनले भने । आम्दानी राम्रो देखेपछि विदेश नफर्कने सोचसहित केरा लगाउन सुरु गरेका सुस्ताका गोपाल ठकुरीको गुनासो पछि उस्तै छ । ‘केरामा राम्रो देखेर १ बिघामा खेती लगाएँ ।
अहिले बिक्री नै भएन । सबै कुहिएर खस्न थाले । भारतबाट आउने केरामा रोक लगाए नेपाली किसानको केरा बिक्री हुने थियो तर सरकारले सुन्दैन । हामी जस्ता युवा अब यहाँ बसेर के गर्नु रु ’ निराश हुँदै गोपालले भने । चार गाउँपालिकाका झन्डै ४ हजार किसानले व्यावसायीक केरा खेती गर्दै आएका छन् । ती गाउँपालकाको १ हजार ८२५ बिघा क्षेत्रफलमा केरा खेती हुँदै आएको छ ।
मासिक १७ हजार ३३७ टन गरी ६ महिनामा झन्डै १ लाख ४ हजार टन केरा उत्पादन हुँदै आएको नवलपरासी केरा उत्पादक संघका जिल्ला अध्यक्ष लख्खु यादवले जानकारी दिए । यो उत्पादन प्रमुख रूपमा रहेको ६ महिनाको हो । अन्य समयमा पनि केरा उत्पादन हुँदै आएको छ ।
केरा खेती राम्रो भएपछि यसवर्ष १० प्रतिशतले उत्पादन वृद्धि भएको थियो तर केरा बिक्री नभएर कुहिन थालेपछि उत्पादनको २० प्रतिशत पनि खपत हुन नसकेको यादवले बताए ।
भदौदेखि मंसिरसम्म भारतीय केरामा रोक लगाउन माग
नेपाली किसानले उत्पादन गरेको केरा खपत गर्नका लागि भारतबाट हुने आयातलाई भदौदेखि मंसिरसम्म रोक्नु पर्ने किसानहरूको माग छ । ‘भारतसँग अन्य कृषि उपजको आयात हुने भएकाले बाह्रै समय रोक्नुस् भन्दैनौं तर प्रमुख रूपमा भदौदेखि मंसिरसम्म सरकारले रोक लगाए मात्र नेपाली किसानले उत्पादन गरेको केरामा समस्या हुँदैन ।
त्यसका लागि सरकारले भन्सारमा कडाइ गर्न जरुरी छ ।’ नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादवले भने । सुनौली नाकाबाट दैनिक १२ देखि १५ वटा ठूला ट्रकमा केरा भित्रिने गरेको उनको भनाइ छ । भारतले किसानहरूलाई सहुलियत दिने भएकाले त्यहाँ लागत कम हुने र सोहीअनुसार कम मूल्यमा आउने भएकाले नेपाली किसानले प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । ‘अहिले जम्मै किसान रोएका छन् ।
खेतभरि केरा कुहिएर खसेको छ । यसको क्षतिपूर्ति कसले दिने रु कि सरकारले भारतीय केरा रोक्नुपर्यो । हैन भने नेपाली किसानलाई ‘मर’ भनेर विष दिन पर्यो ।’ खेतमा कुहिएका केरा देखाउँदै अध्यक्ष यादवले आक्रोश पोखे ।
आयात नरोकिए केरा किसान आन्दोलमा जाने
सरकारले अविलम्ब भारतीय केरा आयातमा कडाइ नगरे कुहिएका केरा लगेर जिल्ला प्रशासन, क्वारेन्टाइन, भन्सार र राजमार्गमा फालेर आन्दोलन गर्ने किसानहरूले चेतावनी दिएका छन् ।
‘केरा बिक्री हुँदैन । कुहिएका केराका कारण नेपाली किसान ऋणमा डुबेको सरकारले देखेन । अब सम्बन्धित निकाय र सडकमा लगेर केरा फाल्नुको विकल्प छैन,’ प्रतापपुरका केरा किसान युवाराज मौर्यले भने ।
केही दिनमा सरकारले भारतीय केरालाई कडाइ नगरे किसानहरू आन्दोलनमा उत्रिने केरा उत्पादक संघका जिल्ला अध्यक्ष यादवको भनाइ छ । अन्नपूर्ण पोष्ट दैनिकबाट….
