भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बन्दाबन्दीमा सफल र कुशलका चमत्कारिक कार


  • कार्तिक १३, २०७७
  • 439 Views
बन्दाबन्दीमा सफल र कुशलका चमत्कारिक कार image

भरतपुर । आमाबाबु मेकानिक, दुई छोरा गाडी निर्माता ।  यस्तै संयोग मिलेको छ, चितवन भरतपुरका एक पौडेल परिवारमा । चार जनाको परिवारमा चारै जना उद्यमशील मात्रै रहेनन्, सिर्जनशील पनि । भरतपुर महानगरपालिका–६ का २० वर्षका सफल पौडेल र उनका १७ वर्षका भाइ कुशल पौडेलले सोलार र पेट्रोलबाट चल्ने छुट्टाछुट्टै दुईवटा गाडी निर्माण गर्नुभयो भने उहाँहरूका बुबा खेमराज र आमा शर्मिला झन्डै दुई दशकदेखि यहाँ मोटर, पङ्खा, गिजरलगायतका सामानको मेकानिक हुनुहुन्छ ।

बन्दाबन्दी सुरु भएपछि वैशाखमा सफल र कुशलले पेट्रोलबाट चल्ने चार सिटे कार बनाउनुभयो । त्यसलगत्तै उहाँहरूले असोजमा आएर सोलारबाट चल्ने कार बनाएर चलाउन सफल हुनुभयो । दाजुभाइको मिहिनेतमा बनेको दुवै गाडी अहिले भरतपुरकै विभिन्न ठाउँमा उहाँहरू आफैले परीक्षणका रूपमा गुडाइरहनुभएको छ । १८० सीसीको पल्सर मोटरसाइकलको इन्जिनमा मारुती कारको चक्का जोडेर पहिलो पेट्रोलबाट चल्ने कार बनायौँ, ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थी सफल भन्नुहुन्छ, “गाडीको बडी भने गाउँघरमै पाइने फलामका पाता मिलाएर राखेका छौँ” यो गाडी अहिले प्रतिघण्टा ५० किलोमिटरका दरले गुड्नसक्ने र एक लिटर पेट्रोलले ३० किलोमिटर सम्मको दूरी पार गर्नसक्ने  बताए ।

पेट्रोलबाट भन्दा सोलारबाट चलाउने कार मितव्ययी हुने भन्दै पौडेल दाजुभाइ पहिलो कारमा मात्रै रोकिएनन् । उनीहरूले धेरै सोचविचार गरे र पुनः सोलारबाट चल्ने कार पनि बनाइछाडे । भाइ कुशल भन्नुहुन्छ, “१५० वाटका चारवटा ब्याट्रीलाई डीसी मोडमा लगेर सोलार प्यानलमार्फत चार्ज गरेर कार चलाइएको छ । ” कारको अगाडि स्कुटरको चक्का र पछाडि ई–रिक्साको सामान जडान गरिएको छ । सोलारको प्यानल नै गाडीको छत बनाएर गुडाउँदा देख्दा पनि त्यो निकै राम्रो पनि देखिएको छ ।

यो गाडी दिउँसो घाम लाग्दा सोझै सोलारबाटै चल्ने र एकपटक चार्ज गरेको ब्याट्री ४० किलोमिटरसम्म गुड्ने उहाँहरूको भनाइ छ । दिउँसोको समयमा त जति किलोमिटर पनि यात्रा गर्न सकियो, समस्या भएन । राति चाहिँ अहिलेको ब्याट्रीले ४० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ, कुशलले भन्नुभयो । सरकारको कुनै सहयोग र कुनै रिसर्च सेन्टर तथा विषय विशेषज्ञको परामर्शबिना नै पौडेल दाजुभाइले छोटो समयमा एउटा मात्र होइन दुई दुईवटा कार बनाउन सफल हुनुभएको छ । गोरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.