भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाँदरमुढे घटनाको १८ वर्ष : बल्झिरहन्छ माडीवासीको घाउ


  • जेष्ठ २३, २०८०
  • 259 Views
बाँदरमुढे घटनाको १८ वर्ष : बल्झिरहन्छ माडीवासीको घाउ image

चितवन । ३५ सर्वसाधारण र तीन सैनिक गरी ३८ जनाको मृत्यु भएको त्यो त्रासदीपूर्ण घटना सम्झँदा जोकोहीको आङसिरिङ हुन्छ। उक्त विस्फोटमा एक बालकले पनि ज्यान गुमाएका थिए भने ७२ जनाभन्दा बढी घाइते भएका थिए। धेरै अंगभंग भएका त्यो दिन अर्थात् जेठ २३ गते। माडीबासीको त्यो कालो दिन बितेको आज १८ वर्ष पुगेको छ। सार्वजनिक बसमा चढेका १२ जना सेनालाई लक्षित गरेर बाँदरमुढे खोलामा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बम विस्फोट गराएका थिए। बम विस्फोटको घटना उनीहरूका लागि नमेटिने घाउको डोब बनेको छ। यसले पीडितलाई नमिठो पीडा दिन्छ।

पीडितलाई सधैं झस्काइरहन्छ। नचाहेर पनि सम्झन बाध्य छन्। सैनिकप्रति लक्षित विस्फोटको निशानामा महिला र बालबालिकासहितका निर्दोष नागरिक परेका थिए। १८ वर्ष बितिसक्दा पनि न्यायको लडाइँ रोकिएको छैन। जति जति वर्ष बित्दै जान्छ, उनीहरूको पीडा पनि बल्झिनैरहन्छ। आज पनि शारीरिक र मानसिक पीडा बोकेर बाँच्न बाध्य छन् बाँदरमुडे घटनाका पीडित।

घटना सम्झँदा त्यसबेलाका घाइते झस्कन्छन्। त्यतिबेला लागेको घाउभन्दा बढी न्यायका लागि लड्दा पाएको दुःखले चराउँछ उनीहरूलाई। त्यसैले त चाहेर पनि बिर्सन सकेका छैनन्। त्यसबेलाका विद्रोही पक्षको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज प्रधानमन्त्री छन्। तर, आफूहरूप्रति लक्षित गरेर प्रधानमन्त्री दाहालले समेत कुनै सम्बोधन नगरेको गुनासो पीडितले गरेका छन्। बाँदरमुढे पीडितका लागि राज्यस्तरबाट खासै सम्बोधन नभएको उनीहरू बताउँछन्। पीडितहरूको गुनासो छ, ‘प्रधानमन्त्रीज्यू हामीलाई न्याय खोइ ?’

न्यायको बदलामा पीडा अनुभूति हुने घाइतेहरू दुःखेसो पोख्छन्। पुरानो घाउ बल्झिरहेको छ। घटनामा परि घाईते भएका कृष्ण अधिकारी विगत १८ वर्षदेखि न्यायको लडाइँमा होमिएका छन्। तर, उनी थाकेका छैनन्। प्रचलित कानुनमा टेकेर वा अदालतले अन्तर्राष्ट्रिय मापदण्डमा टेकेर निर्णय गरेको दिनबाटै लडाइँ सकिने उनले बताए। यस विषयको सत्यनिरुपण आयोगमार्फत समाधान हुनुपर्ने उनको माग छ।

‘सत्य सहितको न्याय र परिपूरणको माग हो। तर राज्यले किन दिन सकेन बुझ्नै सकेनौं,’ अधिकारीले भने ‘पटक–पटक सरकारको नेतृत्वमा पुगेको माओवादीले वास्तै गर्दैन। माओवादी त त्यस्तै भयो। कांग्रेस र एमाले पनि माओवादीको पछि लागेर चुइक्क बोल्दैनन्। हामीलाई यो पीडाभन्दा बरु मृत्यु सहज हुन्थ्यो होला।’ १३ महिनाकी छोरीसहित पोखरामा माइती भेट्न जान लागेकी विष्णुुमाया विकलाई कसैले घटना बारे सोध्दा उनी रिसाउँछिन्।

माडी–९ राइटोलकी विकलाई विस्फोटमा परेर लागेको घाउलेभन्दा बढी पिडा न्याय र राहत नपाउँदाको घाउले दिएको छ। ‘न काम गरेर खान सक्छौं, न उपचार गर्न सक्छौं। यसको पीडा हामी भोग्नेलाई थाहा छ। अरुले कल्पना पनि गर्न सक्दैनन्,’ उनले दुखेसो पोखिन्, ‘कसलाई भनेर पो के हुने रै’छ र। अब त कुरा गर्न पनि मन लाग्दैन।’

घटनाका पीडितहरू औषधि उपचारबाट वञ्चित छन्। कतिपयले अझै पनि मानसिक रोगको औषधि सेवन गर्दै आएका छन्। अधिकांश घाइते शारीरिक रूपमा असक्त छन्। कतिपय सामान्य काम पनि गर्न सक्दैनन्। केही घाइते नियमित उपचार र औषधि सेवन गर्छन्। बाँदरमुढे घटना पीडित संघर्ष समितिका उपाध्यक्ष अधिकारी पीडितलाई न्याय दिन आलटाल हुने गरेको बताउँछन्। अन्नपूर्ण पोष्ट देनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.