भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा कांग्रेस नेताको भेला : पार्टी विभाजन रोक्न महाधिवेशन प्रतिनिधिको राष्ट्रिय भेला बोलाउन माग | केहीबेरको वर्षामै काठमाडौंका सडक जलमग्न, सवारी आवागमन प्रभावित | नक्शाल बाल मन्दिरबाट २० बालबालिकाको उद्धार, जोखिमपूर्ण अवस्थामा भेटिए | पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा | काठमाडौं उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह | कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र | इरानसँगको द्वन्द्वमा अमेरिकी सैनिकको मृत्यु, ज्यान गुमाउने संख्या १७ पुग्यो | गोरु पाल्ने किसानलाई प्रोत्साहन |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बाजुरामा फेरि हिमपात, जनजीवन कष्टकर


  • माघ २१, २०७८
  • 444 Views
बाजुरामा फेरि हिमपात, जनजीवन कष्टकर image

बाजुरा । बिहीबार दिउँसोदेखि उच्च हिमाली क्षेत्रमा हिमपात पर्न सुरु भएको बाजुरामा शुक्रबार सदरमुकाम मार्तडीसम्मै हिउँ परेको छ। हिमपात र भारी वर्षाले बाजुराको जीवन कष्टकर बन्दै गएको छ।  हिमपात र भारी वर्षाले जिल्लामा अत्याधिक चिसो बढेको छ। चिसोले उच्च हिमाली क्षेत्रकाबालबालिका र बृद्धबृद्धालाई समस्या भएको स्थानीयले बताएका छन्। पोरखे लेकमा हिउँ परेपछि मार्तडी कोल्टि सडकमा यातायता बन्द भएका जयमालिका यायायात समितिका सचिव देबेन्द्र नाथले जनाएको छ।

पहिलो पटक परेको हिउँ सफा गरेर यातायात सञ्चालनमा ल्याएको भएपनि बिहीबार बिहानदेखि पुन स् हिउँ पर्न सुरु भएको हो। करिब ५ फिटभन्दा बढी हिउँ जमेको नाथले बताए। चिसो मौसममा जोगिएर काम गर्न र न्यानोमा बस्न प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जिल्लाबासीलाई आग्रह गरेका छन्। मौसम खराब भई बाक्लो हुस्सु र कुहीरोले जिल्लाको पूर्वी उत्तरमा पर्ने कोल्टि एयरपोर्ट पनि बन्द भएको छ। उत्तरी क्षेत्रका एक नगरपालिका र तीन वटा गाउँपालिका बुढिनन्दा नगरपालिका हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ गाउँपालिका, हुम्ला, मुगु, कालिकोटका जनताहरुको यातायातको एक मात्र साधन जहाजसमेत बन्द भएपछि त्यस क्षेत्रका जनताको जीवन अस्तव्यस्त बनेको छ।

विशेष गरी कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट रिफर गरेर जिल्ला सदरमुकाम मार्तडी, नेपालगन्ज धनगढी रिफर गरेका बिरामीलाई झनै समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिए। ग्रामीण सडक हिलाम्मे भएर बिहीबार दिउँसोदेखि बन्द भएको जय बालिका यातायात प्रालिका कर्मचारी चक्र बडुवाले जानकारी दिए। बिहीबारबाट १२ वर्ष देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन सुरु गरिएको कोरोनाविरुद्धको खोप पनि प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए।

अत्याधिक चिसोले बालबालिकाहरु विशेष गरी बडिमालिका नगरपालिका( ७ ढम्कनेमा समस्या रहेको शरश्वती आधारभूत्त विद्यालयका प्रधानाध्यापक हस्तबहादुर धामीले बताए। जिल्लाका बडिमालिका,बुढिनन्दा नगरपालिका,हिमाली,स्वामीकार्तिक खापर,जगन्नथ,गौमूल खप्तड छेडेदह गाउँपालिकाको उच्च हिमाली क्षेत्रका शैक्षिक संस्थाहरु बन्द भएको जिल्ला शिक्षा ईकाईले जानकारी दिएको छ। अन्नपूर्ण पोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.