भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बारामा स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते


  • पुष २१, २०७९
  • 220 Views
बारामा स्कोरपियोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते image

सिमराः पूर्वपश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा बिहीबार बिहान भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा दुई महिला घाइते भएका छन् । निजगढबाट पथलैयातर्फ आउँदै गरेको ग २ च ४४१३ नम्बरको स्कोरपियोले सोही दिशाबाट गुडिरहेको मोटरसाइकल र साइकललाई पछाडिबाट ठक्कर दिँदा जीतपुरसिमरा १६ टांगियाबस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि चितवन लगिएको छ । माझी सवार मोटरसाइकललाई ठक्कर दिएपछि स्कोरपियोले महिला चढेको साइकललाई पनि ठक्कर दिएको थियो । उनीहरु टांगियाबस्तीबाट तरकारी बेच्नका लागि पिलुवातर्फ आउँदै थिए । मोटरसाइकल र साइकलमा तरकारी राखेर निस्किएका उनीहरुलाई तीव्र गतिमा रहेको स्कोरपियोले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनाका घाइतेलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल र उपप्रमुख भोलाप्रसाद अधिकारीले उद्धार गरेका थिए । सिमराबाट जनकपुरतर्फ जाने क्रममा घटनास्थल पुगेका प्रमुख र उपप्रमुखले आफू सवार गाडीमा घाइतेको उद्धार गरिएको थियो ।

सिमरामा भएको दुर्घटनामा एकको मृत्यु

जीतपुरसिमरा २ स्थित जगदम्बा स्टिल्स् अगाडि बुधबार राति भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन् । वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ४२३७ नम्बरको लहरी ट्रकले विपरित दिशाबाट आइरहेको ना २०प ७१६४ मोटरसाइकललाई ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको हो ।
घटनामा गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । उनको शव वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ । अन्नपूर्णपोष्ट दैनिकबाट…..

 


Thali Mobile Pvt.Ltd.