DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बासमती धानबारे नेपाल भारत ट्रेडमार्ककाे विवाद इयुमा


  • मंसिर २८, २०७७
  • 719 Views
बासमती धानबारे नेपाल भारत ट्रेडमार्ककाे विवाद इयुमा image

काठमाडौँ । नेपालीले उत्पादन र प्रयोग गर्दै आएको बासमती धान र चामलको ‘भौगोलिक ट्रेडमार्क’ विवाद युरोपियन युनियन ९इयु० मा पुगेको छ। नेपालमा परापूर्वकालदेखि लगाइँदै आएको बासमती धानको ‘प्याटेन्ट राइट’ मा भारतले एकाधिकार जमाउन खोजेपछि नेपालले त्यसको विरोध गर्दै आफ्नो दाबी पेस गरेको छ। भारतले बासमती धान र चामलको भौगोलिक ट्रेडमार्कमा आफ्नो एकाधिकार रहेको भन्दै युरोपियन युनियन ९इयु० मा आवेदन दिएको थियो। त्यसविरुद्ध नेपाल सरकारले पनि आफ्नो दाबी प्रस्तुत गरेको छ। पाकिस्तानले पनि यसअघि नै दाबी गरेको थियो।

बास्ना आउने धानमा भारतले एकाधिकार गर्न खोजेकाले दाबी गरिएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० का कार्यकारी निर्देशक दीपक भण्डारीले बताए। ‘नेपालमा पनि परापूर्वककालदेखि बासमती धान लगाउँदै आएका छौं,’ भण्डारीले भने, ‘यथेष्ट प्रमाणसहित इयुमा दाबी पेस गरेका छौं।’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको अनुमतिमा नार्कले दाबीसहित विरोधपत्र पठाएको हो। भारतले बासमती धानको प्याटेन्ट राइट पाए नेपालमा प्रयोग गर्न अनुमति आवश्यक पर्ने भण्डारीले बताए। ‘भारतले मात्र प्याटेन्ट राइट पायो भने नेपालमा उत्पादन भए पनि प्रयोग गर्न अनुमति लिनुपर्छ,’ भण्डारीले भने।

अहिले भारतले युरोपियन मुलुकमा बासमती चामल निर्यात गर्दै आएको छ। युरोपियन मुलुकमा भारतसहित पाकिस्तान, भियतनामलगायत देशले चामल निर्यात गर्दै आएका छन्। अन्य देशले दाबी नगरे बासमतीको उत्पादन, बिक्री र भौगोलिक ट्रेडमार्क अधिकार भारतको मात्र हुने भएपछि नेपालले पनि दाबी गरेको हो। धान वैज्ञानिक भोलामान सिंह बस्नेतले बासमती धान नेपालमा परापूर्वककालदेखि लगाइँदै आएको बताए। ‘बासमती भारत मात्र नभएर पाकिस्तान, नेपाललगायत मुलुकमा पनि लगाइन्छ,’ बस्नेतले भने, ‘भारतले हाम्रो भौगोलिक सूचकभित्रको मात्र धान हो भनेर दाबी गर्न मिल्दैन।’

कृषि अनुसन्धान परिषद् ९नार्क० का प्रवक्ता मनोज ठाकुरका अनुसार लल्का बासमती धान नार्कले रिलिज गरेको हो। ‘जेनेटिक क्यारेक्टराइजेसन गर्नुपर्ने छ,’ ठाकुरले भने, ‘नेपालको पनि यसमा प्याटेन्ट राइट छ।’ पुरानो बासमती धानलाई परिमार्जन गरेर लल्का बासमती धान बनाएको उनले बताए। यो धान तराई र भित्री मधेसमा लगाइन्छ। बासमती धान मीठोमसिनो हुन्छ। ‘भारतले मात्र अधिकार लिन मिल्दैन,’ उनले भने, ‘त्यही भएर इयुमा हामीले पनि दाबी गरेका हौं।’अहिले नेपालमा विदेशबाट चामल आयात हुँदै आएको छ। भारतको दाबी प्रमाणित भए र नेपालले चामल निर्यात गर्ने अवस्था आए यो चामल निर्यात गर्न मिल्दैन।

नेपालले बास्ना आउने धानका २५ जात नेपालकै जिन बैंक र ४५ वटा जात अन्तर्राष्ट्रिय जिनमा बैंकमा राखेको नार्कले जनाएको छ। नार्कका अनुसार नेपालमा धानका झन्डै २३ सय स्थानीय जात छन्। नार्कअन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले स्थानीय जातका धानका बीउ संकलन गरेको थियो। उन्नत, हाइब्रिडदेखि स्थानीय रैथाने धानका जात छन्। जैविक विविधताको संरक्षणका लागि केन्द्रले बीउ संकलन र संरक्षण गर्दै आएको छ। रैथाने जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्न सकिन्छ। नेपालमा करिब ३० किसिमका धानका उन्नत बीउ विकास गरिएको छ।

कतिपय जातका बीउ भने किसानले रोप्न छाडेपछि लोप पनि भएका छन्। नेपालमा बासमतीसहित राधा–१४, राधा–१३, हर्दिनाथ, मन्सुली, खुमल–४, सावित्रीसहित लोकतन्त्र, राधा–४, राधा–१३, राधा–१०, मिथिला, तरहरा–१, चैते–२, चैते–४, चैते–५, चैते–६, स्वर्ण सब–१, हर्दिनाथ–१, हर्दिनाथ–२, हर्दिनाथ–३, सुक्खा–१, रामधान, लेकाली, माछापुच्छ«ेलगायत धान धेरै प्रयोगमा छन्। विगतमा चीन, भारतबाट धानको बीउ ल्याउने गरिएकोमा अहिले हाइब्रिडसमेत यहीँ तयार पारिन्छ।४७ वर्ष पुराना धान पनि यहाँ रोप्दै आएका छन्। तराईमा लगाउने मन्सुली जातको धान ४७ वर्ष पुरानो हो। यो धान कृषि नार्कले २०३० सालमा उन्मोचन गरेर सिफारिस गरेको थियो। नागरिक दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.