भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिग मर्जरमा छूट घट्यो, गत पुससम्म एकीकृत कारोबार गर्न नसकेका बैंकहरूलाई असारसम्म मौका


  • जेष्ठ २४, २०८०
  • 314 Views
बिग मर्जरमा छूट घट्यो, गत पुससम्म एकीकृत कारोबार गर्न नसकेका बैंकहरूलाई असारसम्म मौका image

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकबीचको मर्जरलाई प्रोत्साहन गर्न दिएको छूट तथा सुविधा कटौती गरेको छ । मंगलवार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले मर्जरमा सहभागी वाणिज्य बैंकहरूलाई दिने सुविधा तथा छूट कटौती गरे पनि अवधि भने बढाएको छ ।

निर्देशनअनुसार मर्जर प्रक्रियामा सहभागी भई २०७९ पुससम्म एकीकृत कारोबार गर्न नसकेका बैंकहरूले २०८० असारसम्ममा एकीकृत कारोबार गरे ६ प्रकारका छूट सुविधा दिने व्यवस्था गरेको छ । जसअनुसार २०८० असारभित्र एकीकृत कारोबार शुरू गरेमा बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि १ वर्ष थप तथा सञ्चालक र उच्च पदस्थ कर्मचारीलाई पदबाट हटेको कम्तीमा ६ महीना अर्को संस्थामा आबद्ध हुन नपाउने कुलिङ पिरियडको प्रावधान छूट हुनेछ ।

यस्तै एकीकृत कारोबार सञ्चालन गरेको मितिमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ले सीमा नाघेमा तोकिएको सीमाभित्र ल्याउन ६ महीना दिइएको छ । एकीकृत कारोबार गर्दा ब्याजदर अन्तर तोकेको सीमाभन्दा बढी भएमा सीमाभित्र ल्याउन थप १ वर्ष र प्रतिसंस्था निक्षेप संकलन सीमा १ वर्षसम्म ५ प्रतिशत विन्दुले थप हुनेछ ।

यसैगरी एकीकृत कारोबार सञ्चालन गर्दा एक किलोमीटरभित्र सञ्चालनमा रहेका शाखा कार्यालय गाभ्न वा बन्द गर्न १ वर्षसम्म राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिएको छल ।

यसअघि राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार गरे मात्र छूट सहुलियत हुने व्यवस्था गरेको थियो । उक्त अवधिभित्र एकीकृत कारोबार गर्न नसकेका बैंकहरूका लागि राष्ट्र बैंकले समय थप गरेको हो । तर, पुससम्म एकीकृत कारोबार गर्ने बैंकलाई दिइएका केही छूट सुविधा भने कटौती गरेको छ ।

पुससम्म एकीकृत कारोबार गर्ने बैंकलाई दिइएका अनिवार्य नगद मौज्दात, वैधानिक तरलता अनुपात, स्प्रेडदरलगायत सूचक कायम गर्न दिइएको छूट भने हटाइएको छ । यस्तै प्रमुख कार्यकारी अधिकृतलाई उमेर हदमा दिइएको छूट, संस्थागत निक्षेपको अनुपात र ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्थामा दिइएको सहुलियत पनि हटाइएको छ ।

मर्जरका लागि सम्झौता गरेका बैंकमध्ये अब लक्ष्मी र सन्राइज बैंकले मात्र एकीकृत कारोबार शुरू गर्न बाँकी छ । राष्ट्र बैंकको निर्देशनले यी बैंकलाई असारभित्र एकीकृत कारोबार शुरू गर्न दबाब परेको छ । राष्ट्र बैंकले शुरूमा दिएको समयभित्र ग्लोबल आइएमई र बैंक अफ काठमाडौं, प्रभु र सेञ्चुरी, नेपाल इन्भेष्टमेण्ट र मेगा तथा कुमारी र एनसीसी बैंकले एकीकृत कारोबार शुरू गरेका थिए । हिमालयन र सिभिल बैंकले माघमा मात्र एकीकृत कारोबार शुरू गरेका थिए । निर्देशनमार्फत सुविधाको समय थपेपछि यी बैंकहरूलाई पनि सहुलियत भएको छ । यो समाचार अभियान दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.