भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बिलो लाउनै लागेको रेल ठेक्काको ३३ अर्ब रोकियो


  • भाद्र २४, २०७७
  • 527 Views
बिलो लाउनै लागेको रेल ठेक्काको ३३ अर्ब रोकियो image

पूर्व–पश्चिम रेल नेपालको लाइफलाइन हो । तर, मुआब्जासमेत नदिई ठेकेदारलाई पेस्की दिन र आयोजना अलपत्र पार्न खेल भइरहेको थियो । मिडियाको खबरदारी, नागरिकको आवाज र रेल विभागभित्रकै लेखा र कानुन शाखाका कर्मचारीको अडानका अगाडि भ्रष्ट संयन्त्रले घुँडा टेकेको छ ।

रद्द हुनुको कारण
कारण १ स् छेउ न टुप्पोको योजना
जयनगरबाट जनकपुरसम्म रेलमार्ग निर्माण सम्पन्न भएको छ । जनकपुरबाट बर्दिबास र सिमरासम्म रेलमार्ग निर्माणाधीन छ । निर्माणलाई थप विस्तार गर्दा सिमराबाट पश्चिम वा बर्दिबासबाट पूर्वतर्पm ठेक्का दिनुपर्ने हो । तर, सरकारले बर्दिबासबाट इनरुवासम्मको खण्ड छाडेर इनरुवादेखि काँकडभिट्टासम्म ठेक्का दिन टेन्डर आह्वान गरेको थियो । रेल गुडेर जाने साधन हो, तर सरकारले ‘उडाएर’ लग्ने जस्तो योजना बनाएको थियो । यस्तो बहुलठ्ठी निर्णयमा देशको ढुकुटीबाट ३३ अर्ब खर्च हुनु गलत थियो ।

कारण २ जनतालाई मुआब्जा नदिँदै ठेकेदारलाई पेस्की दिन हतार
इनरुवादेखि काँकडभिट्टासम्म १०६ किमि रेलमार्गमा ६ सय ८१ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने छ । अख्तियार र महालेखाको निर्देशन, अर्थ मन्त्रालयको मार्गदर्शन र सार्वजनिक खरिद नियमावली भन्छ– ‘मुआब्जा वितरण गरेर जग्गा प्राप्तिपछि मात्र ठेक्का लगाउन सकिनेछ ।’ तर, रेलमार्ग प्रभावित क्षेत्रका स्थानीय जनताले कति मुआब्जा कहिले पाउने भन्नेसमेत ठेगान छैन ।

उदाहरणका लागि मोरङ बेलबारी–९ का सुलोखन खवासले नयाँ पत्रिकासँग भनेका थिए, ‘जम्मा पाँच धुरमा घरजग्गा छ, तीन धुर रेलले लान्छ भन्ने सुनिन्छ, बाँकी दुई धुरमा मैले के गर्ने रु न घर बन्छ, न खेती नै हुन्छ । तीन धुरको पनि मुआब्जा कहिले आउने हो, कति आउने हो रु’ सुलोखन खवासजस्ता जनताको प्रश्नको जवाफ नदिई सरकारले ठेकेदारहरूलाई ठेक्का र पेस्की दिन हतार गरिरहेको थियो । नयाँ पत्रिकाबाट…

 


Thali Mobile Pvt.Ltd.