भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बीस लाख मात्रा खोप दुई साताभित्र


  • चैत्र ७, २०७७
  • 747 Views
बीस लाख मात्रा खोप दुई साताभित्र image

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को पहलमा आउने कोभ्याक्स खोपको दोस्रोे लट पनि यसै महिना आउन सक्ने सम्भावना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा कोभ्याक्स अनुदानको २२ लाख ६८ हजार मात्रा नेपाललाई उपलब्ध गराउने प्रतिबद्धता आएको थियो तर त्यसमा पनि किस्ताबन्दी प्रणालीअनुसार मात्र तीन लाख ४८ हजार मात्रा खोप पहिलो चरणमा नेपाल भित्रिएको थियो । अब दोस्रो चरणमा १९ लाख २० हजार मात्रामध्ये छ लाख मात्रा खोप मात्र आउने अनुमान गरिएको छ । कोभ्याक्स अभियानले औपचारिक रूपमा जनाएअनुसार मे महिनाभित्र दोस्रो चरणको खोप पठाइनेछ ।
किस्ताबन्दीमा कहिले पठाउँछ भन्ने विषय तय नरहेको खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख उपेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट आउने खोप भने दुई साताभित्रै ल्याउने गरी नेपालले कुराकानी अगाडि बढाएको हो ।

हाल नेपालमा स्थगित भएको खोप अभियान खोप आउनासाथ फेरि सुरु हुने मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । अहिलेसम्म १७ लाख जनाले खोप लगाइसकेका छन् । त्यसमध्ये पछिल्लो पटक खोप लगाएकाको दोस्रो चरणको खोप लगाउन बाँकी छ ।

निजी क्षेत्रबाट आवेदन
सरकारले निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप ल्याउन दिने निर्णय गरेसँगै स्वास्थ्य सेवा विभागमा खोप ल्याउन अनुमति लिन आवेदन पर्न थालेको छ । सरकारले एकलौटी नगरी निजी क्षेत्रलाई पनि खोप ल्याउन दिने गरी बाधा अड्काउ फुकाएपछि निजी क्षेत्रका प्रतिनिधिहरू विभागमा अनुमति लिन पुग्न थालेका हुन् ।

खोप महाशाखा प्रमुख डा. झलक गौतमले भन्नुभयो, “खोपका लागि अनुमति लिन आउन थालेका छन् । यो निजी क्षेत्रका लागि राम्रो अवसर हो । खोप ल्याउने, भण्डारण गर्ने र वितरण गर्ने क्षमता भएकालाई दिन सकिने प्रावधानसहित सरकारले निजी क्षेत्रका लागि खोप ल्याउन दिने तयारी थालेको हो ।’’ तथापि उनीहरूले सरकारले तोकेको मापदण्डभित्र रहेर खोप ल्याउनुपर्ने बताइएको छ । पहिले खोप आयात गर्ने अनुमति लिएपछि मात्र कोरोना खोप ल्याउने प्रक्रियामा निजी क्षेत्रले प्रवेश गर्नुपर्नेहुन्छ ।

 

यो समाचार आजको गोर्खापत्र दैनिकमा छ ।

 


Thali Mobile Pvt.Ltd.