भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बेचिनबाट जोगाऔं बालबालिका


  • भाद्र १२, २०८०
  • 215 Views
बेचिनबाट जोगाऔं बालबालिका image

काठमाडौं । दिनमै १९ देखि २१ जना बालबालिका हराइरहने नेपाल प्रहरीकै तथ्यांक छ। हराउने बालबालिका बेचबिखन हुने गरेको पनि पाइन्छ। कतिपयलाई निकृष्ट प्रकारको श्रममा पनि लगाएको भेटिन्छ। बालबालिकाको अवोध र निर्दोषपनाको फाइदा उठाउन पल्किएकाहरूले ललाइफकाइ उनीहरूलाई घर र गाउँ बाहिर पुर्‍याउँछन्। देशभित्रै निकृष्ट श्रममा लगाउनेदेखि विदेशै पुर्‍याएर बेचिदिनेसम्मका हर्कत गर्नेहरू छन्।

कतिपय अभिभावकलाई नै पनि फकाएर पढाइदिने प्रलोभनमा पारेर बालगृहमा पुर्‍याउने उदाहरणहरू पनि छन्। कतिपयले बालबालिकालाई पढाउने, लेखाउने, हुर्काउने बढाउने आशामा धर्म परिवर्तन गराएका पनि छन्। जहाँ गरिबी, अशिक्षा र अज्ञानता छ, त्यहाँका बालबालिका बढी जोखिममा हुन्छन्। त्यस्तोमा कर्णाली प्रदेश पर्छ। त्यहाँ गएको ६ वर्षमा ३५ बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा परे। कैयौं बालबालिका हराएको रेकर्ड प्रहरीसम्म पनि पुग्दैन। बेखबिखन र ओसारपसारमा ३५ घरगाउँबाट हराए पनि हराउनेको संख्या चाहिँ गएको तीन वर्षमा मात्रै १३ सय छन्।

तीमध्ये थुप्रैको अवस्था अझै अज्ञात छ। बालबालिका हराउनु संवेदनशील विषय हो। यो विषयमा राज्यले नागरिक तहसम्मै चेतना फैलाउन जरुरी छ। अभिभावक र नागरिक समाज सचेत हुन जरुरी छ। विद्यालयहरूले यसमा झन् बढी जिम्मेवार भूमिका निर्वाह गर्न सक्छन्। प्रहरीले गाउँठाउँमा अभियान चलाएको पनि देखिन्छ। बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था पनि क्रियाशीलै छन्।

तर पनि बर्सेनि हजारौंको संख्यामा बालबालिका हराउँछन् र बेखबिखन तथा ओसारपसारको जोखिममा पर्छन् भने निकै चिन्ताको विषय हो। जति पनि योजना र कार्यक्रम बालबालिका लक्षित छन्, तिनको प्रभावकारितामाथि हराइरहेका बालबालिकाहरूको तथ्यांकले ठूलो प्रश्न उब्जाएको छ। बालबालिकाको बेखबिखनको अन्त्य केवल एउटा अभियान र लक्ष्यबाट मात्रै रोकिन्न। त्यसका लागि समग्र देशकै शिक्षा, स्वास्थ्य र समृद्धिका मुद्दाको यथोचित सम्बोधन हुन जरुरी छ।

झन् कर्णालीको सन्दर्भमा त्यस्तो आवश्यकता बढी नै टड्कारो छ। त्यहाँ राज्यले विशेष प्राथमिकताकै साथ शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार विकासलाई तीव्रताका साथ अघि बढाउनुपर्छ। अरू प्रदेशको दाँजोमा निकै पछाडि परेको प्रदेशलाई पहिला अरू भूगोलको हैसियतमा पुर्‍याएरमात्रै देशभर समानुपातिक विकास अघि बढाउन सम्भव हुन्छ।

बालबालिका हराउने, बेचिनेलगायत जति पनि समस्या छन्, तिनलाई समग्रमा समाधानको उपायको खोजी जरुरी छ। त्यो भनेको आखिर विकास र समृद्धि नै हो। त्यो विकास शिक्षा, स्वास्थ्य र चेतनासँगसँगै भौतिक पनि हो। अन्नपूर्णपोष्ट दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.