भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर


  • माघ १३, २०७८
  • 546 Views
बैतडी बस दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर image

बैतडी । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दुर्घटना हुँदा १३ जना घाईते भएका छन् । घाईतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना।६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो । बिष्टले भन्नुभयो,“ घाईतेको उद्धारका लागि पाटनबाट जिप पठाएका छौं । उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी पनि खटिएका छन् । घाईतेको नामावली खुल्न सकेको छैन ।” दुर्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ । राजधानी देनिकबाट….

 


Thali Mobile Pvt.Ltd.