भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा


  • मंसिर ३०, २०७७
  • 636 Views
भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । तत्कालीन लेखा अधिकृत रिठ्ठे दर्जी, मनोजकुमार निरौला र बलराम सापकोटाविरुद्ध राजस्व चुहावट एवं हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको हो । अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा मालपोत कार्यालय भरतपुरका तत्कालीन नायब सुब्बा मनोजकुमार निरौलाविरुद्ध ४ लाख ७१ हजार ६ सय ११ रुपैयाँ बिगो दाबी गदै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

उनले मालपोतका विभिन्न फाँटबाट नगद रसिद काटेर संकलन भएको सो रकम लेखा शाखामा नबुझाई हिनामिना गरेको प्रमाणित भएपछि मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । त्यस्तै आयोगले मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत लेखापाल बलराम सापकोटाले बैंकमा दाखिला गर्नुपर्ने राजस्व रकम ५८ लाख ४३ हजार ८ सय ६ रुपैयाँ ७५ पैसा हिनामिना गरेको देखिएपछि सोहीबराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले मालपोत कार्यालयका लेखा अधिकृत रिठ्ठे दर्जीले राजस्वबापत उठेको ७ करोड ८ लाख १७ हजार ३७ रुपैयाँ सम्बन्धित बैंकमा डिपोजिट नगरी आफ्नै खातामा राखेको नक्कली भौचर बनाएको र कार्यालयको छाप दुरुपयोग गरेको पाइएपछि भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । दर्जीले हिनामिना गरेको रकममध्ये २ करोड ५८ लाख ३ हजार २ सय ३१ रुपैयाँ लेखा परीक्षणका क्रममा कार्यालयकै खातामा पछि दाखिला गरेको पाइएको छ ।

आयोगले बाँकी ४ करोड ५० लाख १३ हजार ८ सय ६ रुपैयाँ असुल गर्न माग गर्दै अभियोगपत्र विशेष अदालत काठमाडौंमा दायर गरेको हो । मालपोत कार्यालय भरतपुर चितवनको आव २०७३(७४ तथा २०७४(७५ को आन्तरिक लेखापरीक्षण हुँदा विभिन्न फाँटबाट नगदी रसिद काटी संकलित राजस्व रकम लेखा शाखाबाट बैंक दाखिला हुन नसकेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । छानबिनका क्रममा रकम हिनामिना गरेको पाइएपछि उनीहरूविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । राजधानी दैनिकबाट…

 


Thali Mobile Pvt.Ltd.