भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित, १ हजार ५० जनाको मृत्यु पुष्टि | बगैँचामा लटरम्म स्याउ, किसानको आँखामा आँसु : ‘बेच्ने बजार नै भएन’ | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | सुनकोशी, बुढीगण्डकी र महाकालीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा उच्च सावधानी | बाढी आउनुभन्दा १२ दिनअघि नै नेपाललाई ‘अलर्ट’ पठाएको चीनको दाबी | हर्मुज जलमार्गमा प्रदूषण फैलाएको आरोपमा इरानले कार्गो जहाज नियन्त्रणमा लियो | मुस्ताङमा सुरु भयो छिटो पाक्ने स्याउको टिपाइ, तीज लक्षित बजार पठाउने तयारी | बाढी–पहिरोले देशभरका सडक अस्तव्यस्त, यी प्रमुख राजमार्गमा यातायात प्रभावित |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको सनाखत


  • बैशाख १९, २०७८
  • 714 Views
भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका तीन बालकको सनाखत image

तुलसीपुर । तुलसीपुरको स्याउली बजार नजिकै भारतीय नम्बर प्लेटको कारमा मृत भेटिएका बालकको सनाखत भएको छ । २०७७ माघ महिनादेखि घर अगाडी पार्किङ गरि राखेको RJ0ICC0885  भारतीय नम्बरको कारमा मृत भेटिएका बालक तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ निबासी भिमबहादुर परियारका ९ बर्षका छोरा सन्दिप परियार, सोही ठाउँका सन्तोष परियारका ७ बर्षका छोरा सुवर्ण परियार र कृष्ण परियारका ६ बर्षका छोरा करण परियार रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

यही बैशाख १६ गतेदेखि हराईरहेका ती बालक शनिबार साँझ कारमा मृत अवस्थामा भेटिएका थिए । नेपालगञ्जबाट आएको कुकुर सहित एक्सपट टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बालकको शव पोष्ट मार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । गाडी मालिक तुलसीपुर उपमहानगरपालिका–६ शान्तिनगर निबासी यादव प्रसाद गैरेलाई प्रहरीले शनिबार साँझ नियन्त्रणमा लिएको छ ।
राजधानी दैनिकबाट….

 


Thali Mobile Pvt.Ltd.