भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

भालुवाङ राजधानीले दाङमा खुशीयाली, बुटवलमा विरोध


  • आश्विन १७, २०७७
  • 554 Views
भालुवाङ राजधानीले दाङमा खुशीयाली, बुटवलमा विरोध image

काठमाडौं । प्रदेश ५ सरकारले प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा राख्ने प्रस्ताव प्रदेश सभामा प्रस्तुत गरेपछि बुटवलमा अनेक प्रतिकृया सार्वजनिक भएका छन् । बिपक्षी बिद्यार्थी संगठनहरु सडकमा उत्रिएका छन भने सरकार निकट ब्यवसायिक संगठनहरुले आपत्ति जनाएका छन् ।

नेकपा रुपन्देहीका अध्यक्ष शिवलाल सुवेदीले प्रदेश सभाको दुई तिहाई बहुमतले प्रदेशको राजधानी र नाम टुङ्गो लगाउने संवैधानिक व्यवस्था रहेकोले जनताबाट निर्वाचित सांसदहरुले गर्ने निर्णय जनताकै पक्षमा हुने प्रतिक्रिया दिए । नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले प्रदेश राजधानी दाङमा राख्ने प्रस्तावले नेपाली कांग्रेस रुपन्देही स्तब्ध वनेको बताए ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमले प्रदेशको नाम लुम्विनी राख्नुपर्ने आफूहरुको माग अनुसार नाम प्रस्ताव गरिएकोमा खुसी ब्यक्त गरे । जनता समाजबादी पार्टीकी केन्द्रिय सदस्य तथा प्रदेश ५ प्रदेश सभा सदस्य कल्पना पाण्डेले आफ्नो पार्टीले छलफल गरेर मात्र औपचारिक धारणा वनाउने बताइन । प्रदेश सभामा प्रदेशको राजधानी दाङ राख्ने प्रस्ताव भएकोमा संभावित विरोधको अवस्थालाई दृष्टिगत गर्दै बुटवलमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

दाङको भालुवाङलाई प्रस्ताव गरेपछि दाङका नेताहरुले निर्णय सकरात्मक भएको भन्दै खुसी व्यक्त गरेका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी दाङका सचिव सुवास पुनले दाङ राजधानीको प्रस्तावले थप उर्जा दिएको भन्दै प्रदेशकै समस्या हल भएको बताए । नेपाली काँग्रेस दाङका सभापती कृतिवहादुर खड्काले प्रदेश सरकारले दाङ राजधानीको लागि प्रस्ताव गरेमा खुसी व्यक्त गर्दै राजधानी भयो भनेर हौसिने भन्दा प्रदेशवासी एक भएर लाग्नुपर्ने बताए ।

राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले दाङ केन्द्रविन्दु भएकै कारण राजधानीको लागि उपयुक्त भएको भन्दै विकासले प्रथामिकता पाउने बताए । नेपालमा सात प्रदेशमध्ये वाग्मती,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशले नाम र राजधानी तोकिसकेका छन् । तर प्रदेश १ र २ ले भने अझै टुंगो लगाउन सकेका छैनन् ।
प्रदेश ५ मा भने यसको प्रकृया अघि बढेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले निर्णय गरे अनुसार सोही दिन प्रदेश सभामा उक्त प्रस्ताव पेश भएको छ ।

दाङका राप्ती र गढवा तथा अर्घाखाँचीको शीतगंगा गाउँपालिका जोडिएको उक्त क्षेत्रमा राजधानी बनाउने निर्णय भएको हो । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसीले यस्तो प्रस्ताव प्रदेश सभामा पेश गरेका हुन । उक्त प्रस्ताव पारित भएमा राजधानी र नाम टुंगो लाग्ने छ । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी का ६१, बिपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् ।गाेरखापत्रबाट…

 


Thali Mobile Pvt.Ltd.